बिहिबार, चैत्र १५, २०८०

किसानका लागि ‘अडियो नोटिस बोर्ड’

कञ्चनपुर, ४ माघ । कृषि विकास कार्यालय डोटीले सेवाग्राहीको सुविधाका लागि ‘अडियो नोटिस बोर्ड’को व्यवस्था गरेको छ ।
कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र किसानलाई कृषि कार्यमा परेका समस्या समाधाका लागि अडियो नोटिस बोर्डको व्यवस्था गरेको हो । “बोर्डमा सूचना, कार्यक्रम र प्राविधिक सेवाबारे जानकारी राखेका छौँं” कार्यालयका कृषिप्रसार अधिकृत रामचन्द्र भट्टले बताएका छन् । कृषकले १६१८०९४४१११२६ नम्बर डायल गरी निःशुल्क रुपमा सेवा लिन सक्ने छन् । किसानलाई बोर्डका माध्यमबाट बालीनाली र तरकारीखेतीमा लाग्ने रोगकीरा नियन्त्रण, रासायनिक मल र विषादीको समुचित प्रयोग गर्ने तरिकाका साथै उन्न्त बीउबिजनबारे जानकारी दिने बताइएको छ ।

प्रकाशित मिति: सोमवार, माघ ४, २०७२