बिहिबार, चैत्र १५, २०८०

कृषिमा नयां रणनीति ल्याइदै

चितवन, ४ माघ । कृषिमा व्यवसायिकरण गर्नका लागि नयां रणनीति ल्याइन लागिएको कृषि सचिव उत्तमकुमार भट्टराईले बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा बोल्दै सचिव भट्टराईले कृषि विकास मन्त्रालयले ल्याएको २७ बुंदे प्रतिवद्धता पत्रलाई आत्मसात गर्दै नयाँ रणनीति ल्याउन लागिएको बताएका हुन् ।
गत बर्ष प्रत्येक जिल्लालाई एक बस्तु र दुई बालीमा आत्मनिर्भरता तर्फ लैजाने गरी योजना तर्जुमा गरेको कृषि विकास मन्त्रालयले यतिखेर भने जिल्लामा पकेट क्षेत्र बनाएर कृषि प्रविधि तथा व्यवसायिक खेती प्रणालीको विकास गर्ने, व्यवसाय प्रवद्र्धनका लागि अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउने, जिल्ला जिल्लामा भएका कृषि कार्यक्रमको अनुगमन कार्य कडा पार्ने बताएका छन् ।

प्रकाशित मिति: सोमवार, माघ ४, २०७२