बुधबार, बैशाख ५, २०८१

कृषि ऋण उपलब्ध गराइदिने नाममा किसान ठग्दै एजेण्टहरु

काठमाडौं,३ माघ । कृषि व्यवसायलाई अझ प्रभावकारी बनाउने र कृषि कर्जामा पांच प्रतिशतमात्र ब्याज लिन पाउने व्यवस्था सरकारले गरेको बर्षौ वितिसक्यो । तर धेरै वैंकहरुले सहुलियत दरका ऋण अझै पनि दिईरहेका छैनन् । यही मौकामा कृषि ऋणको खोजिमा रहेका किसानहरुलाई निश्चित रकम तोकेरै पांच प्रतिशत ब्याजदरमा ऋण मिलाईदिने भन्दै एजेण्टहरु सक्रिय भएका छन् ।RBB सिन्धुपाल्चोकमा व्यवसायिक रुपमा बंगुर पालन एवं तथा तरकारी खेती गरिरहेका सूर्य तामाङ्गलाई पांच प्रतिशत व्याजदरमा बाणिज्य वैैंकबाट कृषि ऋण मिलाईदिने र सो बापत आपूmहरुलाई ऋणको रकम हेरी ५० हजार देखि १ लाखसम्म दिनु पर्ने एजेण्टहरुले बताएको उनले दुखेसो गरे । एजेण्टहरुले आफूहरुले वैंकका उच्च कर्मचारी मार्फत यस्तो काम गरेको र आफूहरु नै ऋण मिलाईदिने आधिकारिक एजेण्ट भएको समेत बताएका छन् । तामाङ्ग सो कुरा बुझ्न सिंहदरबार स्थित बाणिज्य वैंकमा पुग्दा सम्वन्धित व्यक्ति भेट्न नसकेको गुनासो गर्दै बाणिज्य वैंकले कृषि ऋण उपलब्ध गराउने नाममा कमिशनकै
कारण एजेण्ट खडा गरेको र किसानहरु ठगि गरिरहेको बताएका छन् । बाणिज्य वैंक जस्ता सरकारी वैंकले के सांच्चै नै कृषि ऋण प्रवाह गर्नका लागि एजेण्ट नै खडा गरेका हुन् त ? यस विषयमा राष्ट्रिय बाणिज्य वैंक प्रवक्ता र सरोकारावाला व्यक्तिसंग सम्पर्क गर्दा सम्पर्क हुन सकिरहेको छैन् ।

प्रकाशित मिति: आइतवार, माघ ३, २०७२