शुक्रबार, चैत्र १६, २०८०

कालीमाटी तरकारी बजार भित्रको अनुसन्धान रोकियो

काठमाडौं, ३ माघ । कृषिको मुख्य पृष्ठमा कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिको मातहतमा सञ्चालनमा रहेको बजारभित्र सडक पेटी समेत कब्जा गरेर मासिक लाखौं रुपैयां असुलेको समाचार प्रकाशन भएको थियो । सो समाचार प्रकाशन पछि पेटी कब्जा गरेर हटरा बनाई भाडा असुलिरहेको विषयमा छानविन गर्ने तयारी भएको भएपनि सो छानविन कार्य रोकिएको कृषि विकास मन्त्रालय स्रोतले बताएको छ ।kv
कालीमाटी तरकारी बजारभित्र सडक पेटी मै टहरा निर्माण गरी राज्यको ढुकुटीमा जाने रकम व्यक्तिले असुल्दै आईरहेको भएपनि सम्वन्धित निकायले आंखा चिम्लिएर बसेका कारण बर्षौदेखि एक छत्र हैकम चलाउनेहरुलाई झन् सहज भएको थियो । विशेष गरी सत्ताधारी एमाले, एमाओवादी एवं नेपाली कांग्रेस निकट व्यापारी संघसंगठनहरु कै कारण सो क्षेत्र कब्जा गरिर्दै आएको बताइएको छ । कालीमाटी तरकारी बजार प्रवेशद्धारबाट नै
सडक पेटी मिचेर टहरा बनाएको छ । भने सो पेटीमा व्यवसाय गरेर बसेकाहरुसंग क्लवका नाममा मासिक ७ हजारदेखि माथि नै असुल्ने गरेको बताइएको छ । सो रकम न त सरकारी खातामा जान्छ । न त कालीमाटी तरकारी बजार विकास समितिको खातामा नै जाने गरेको छ । कालीमाटी तरकारी बजारमा बर्षौदेखि भईरहेको यस्तो हर्कत रोक्न कृषि विकास मन्त्रालयमा जाने कुनै पनि मन्त्रीले सकेका छैनन् । क्रान्तिकारी कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले कालीमाटी
तरकारी बजार भित्र भएको अनियमितता र सडकपेटी कब्जा गरेर बनाइएका टहरा हटाउने हैसियत राख्लान् कि नराख्लान् । कालीमाटी तरकारी बजारमा नक्कली व्यापारीहरु खडा बजार पसल कवल पनि समितिबाट ठेकेदार र ठेकेदारबाट व्यवसायीका नाईके र मात्र व्यवसायीहरुले पसल राखेको देखिन्त । बजार समितिले पाउने रकमको तीन गुणाभन्दा बढी असुलेर पसल कवल विक्री हुंदा पनि सम्वन्धित मन्त्रालय कृषि विकास मन्त्रालयले कडाई गर्न सकेको छैन । यस तर्फ मन्त्रालयले ध्यान दिनु अत्यन्तै आवश्यक छ ।

प्रकाशित मिति: आइतवार, माघ ३, २०७२