बिहिबार, चैत्र १५, २०८०

सुन्तला भण्डार गृह निर्माण

म्याग्दी, ३ माघ । जिल्लाको घार गाविस– ८ मा आधुनिक सुन्तला भण्डार गृह (सेलार स्टोर) निर्माण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत सञ्चालित एकीकृत बाली तथा जल व्यवस्थापन कार्यक्रमको रु पाँच लाख अनुदान तथा कृषकको रु एक लाख ४२ हजार बराबरको श्रमदानमा भण्डार गृह निर्माण भएको हो । भण्डार गृह निर्माणपछि अहिले कृषकले उत्पादन गरेको सुन्तला भण्डारण गरिएको स्थानीय ठाकुरप्रसाद बरुवालले बताएका छन् ।
अहिले नै बिक्री गर्दा सुन्तलाको मूल्य नपाइने भएकाले भण्डारण गरेका हौँ, झण्डै एकहजार ५०० किलो सुन्तला भण्डार गृहमा राखेका छौँ” उनले भने । यस अघि मङ्सिर पुसमै न्यून मूल्यमा सुन्तला बिक्री गर्नुपर्ने बाध्यता थियो

प्रकाशित मिति: आइतवार, माघ ३, २०७२