काठमाडौं,३ माघ । कृषिका विविध समस्यालाई तत्काल समाधान गर्नेका लागि कृषि विकास मन्त्रालयले जिल्ला जिल्लामा पैसा नलाग्ने निःशुल्क टेलिफोन मार्फत किसानहरुका समस्या समाधान गर्ने भनिएपछि त्यसले तात्विक अर्थ राख्न सकेको छैन । त्यस्ता टोल फ्रि नम्वर पनि कतिपय जिल्लामा सञ्चालनमा पनि आएका छैनन् । त्यस्तै निजी क्षेत्रबाट किसानका लागि भन्दै किसान कल सेण्टर स्थापना गरिएको भएपनि अहिले सो कल सेण्टर चलेको देखिंदैन । त्यस्ता कल सेण्टरले किसानहरुको समस्या समाधान गर्ने पनि देखिएन् । नाम र उदेश्य जति नै राम्रो वोकेपनि कार्यान्वयनमा नआएपछि खासै कृषि क्षेत्रलाई यस्ता चर्चाले किसान झुक्याउने काम मात्र गरिरहेको भान किसानले नै गरिरहेका देखिन्छन् । किसानका लागि कल सेण्टर शुरु गरेर
केही समय सेवा प्रदान गरेको भएपनि अहिले १६६०५६५२९९९ नम्वर सञ्चालनमा आएको देखिंदैन । किसानहरुले आफूलाई कुनै समस्या पर्नासाथ फोन गरेर समाधानका लागि उपाय पाउन सकेका छैनन् । जिल्लामा रहेको कृषि कार्यालयहरुले पनि यस्तै खालका टोल फ्रि नम्वर स्थापना त गरेका देखिन्छन् । तर त्यस्ता टोल फ्रि नम्वरहरु हात्तिका देखाउने दांत जस्तो मात्र भएको छ । किसानहरुलाई तत्काल आईपर्ने समस्या समाधान गर्नका लागि प्रविधिको विस्तारसंगै रोग कीरा तथा अन्य जानकारी गराउनका लागि यस्ता किसानमय कार्यक्रम ल्याउन कृषि विकास मन्त्रालय अझै पनि सशक्त रुपमा लाग्न सकेको देखिंदैन । केही समय अगाडि खुलेको माथि उल्लेखित टोल फ्रि नम्वरपनि हाल सञ्चालनमा नहुनुले विगतमा नम्वर कण्ठस्थ पार्न लगाएर अहिले सेवा नपाउंदा किसानहरु पटक पटक झुक्एिका छन् अनि हैरानी पनि व्यहोर्नु परेको छ । त्यसकारण किसानका नाममा बाहिरबाट आर्थिक सहयोग पाए काम गर्ने र आर्थिक सहयोग नपाए सेवा नै बन्द गर्ने जस्तो कार्य माथि पनि सरोकारवाला निकायले निगरानी बढाउने कि ?
झुक्यायो किसानका लागि कल सेण्टरले

Add Comment