काठमाडौं,३ माघ । कृषि व्यवसायलाई अझ प्रभावकारी बनाउने र कृषि कर्जामा पांच प्रतिशतमात्र ब्याज लिन पाउने व्यवस्था सरकारले गरेको बर्षौ वितिसक्यो । तर धेरै वैंकहरुले सहुलियत दरका ऋण अझै पनि दिईरहेका छैनन् । यही मौकामा कृषि ऋणको खोजिमा रहेका किसानहरुलाई निश्चित रकम तोकेरै पांच प्रतिशत ब्याजदरमा ऋण मिलाईदिने भन्दै एजेण्टहरु सक्रिय भएका छन् । सिन्धुपाल्चोकमा व्यवसायिक रुपमा बंगुर पालन एवं तथा तरकारी खेती गरिरहेका सूर्य तामाङ्गलाई पांच प्रतिशत व्याजदरमा बाणिज्य वैैंकबाट कृषि ऋण मिलाईदिने र सो बापत आपूmहरुलाई ऋणको रकम हेरी ५० हजार देखि १ लाखसम्म दिनु पर्ने एजेण्टहरुले बताएको उनले दुखेसो गरे । एजेण्टहरुले आफूहरुले वैंकका उच्च कर्मचारी मार्फत यस्तो काम गरेको र आफूहरु नै ऋण मिलाईदिने आधिकारिक एजेण्ट भएको समेत बताएका छन् । तामाङ्ग सो कुरा बुझ्न सिंहदरबार स्थित बाणिज्य वैंकमा पुग्दा सम्वन्धित व्यक्ति भेट्न नसकेको गुनासो गर्दै बाणिज्य वैंकले कृषि ऋण उपलब्ध गराउने नाममा कमिशनकै
कारण एजेण्ट खडा गरेको र किसानहरु ठगि गरिरहेको बताएका छन् । बाणिज्य वैंक जस्ता सरकारी वैंकले के सांच्चै नै कृषि ऋण प्रवाह गर्नका लागि एजेण्ट नै खडा गरेका हुन् त ? यस विषयमा राष्ट्रिय बाणिज्य वैंक प्रवक्ता र सरोकारावाला व्यक्तिसंग सम्पर्क गर्दा सम्पर्क हुन सकिरहेको छैन् ।
कृषि ऋण उपलब्ध गराइदिने नाममा किसान ठग्दै एजेण्टहरु

Add Comment