शुक्रबार, चैत्र १६, २०८०

माघे संक्रान्ति : तरकारी बजारमा तरुलको व्यापार बढ्दो

काठमाडौं । भोली माघे संक्रान्ति तरुल र घिउ चाकुको पर्वका रुपमा लिने गरिन्छ । यो विशेष पर्वमा रुपमा मनाउनेहरुकै कारण पछिल्लो समयमा ‘पुसमा पाक्ये, माघमा जाक्ये’ भन्ने विगतमा चलेका उक्तिले पनि प्रभाव पारेको देखिन्छ । पुसको अन्तिम दिन अर्थात आज उसिनेर भोली माघ १ गतेका दिन तरुले खाने प्रचलन गरेका कारण पनि अझै पनि ग्रामिण भेगमा यो चलनले निरन्तरता पाएको छ भने शहरी क्षेत्रमा भने ताजा तरुललाई नै उपभोग गर्ने गरेका देखिन्छन् । 13
पछिल्ला दिनमा किसानहरुले माघे संक्रान्तिलाई नै लक्षित गरी तरुलको व्यवसायिक रुपमा तरुल खेती गर्न थालेको पनि पाईन्छ । उपत्यकाको सवैभन्दा ठूलो तरकारी बजारमा रुपमा रहेको कालीमाटी तरकारी तथा फलफूल बजारमा यतिखेर तरुल प्रशस्त मात्रामा देख्न पाईन्छ । तरुललाई विभिन्न किसिमले बजारमा सजाएर समेत राखेको देखिन्छ । 14
तर तरुल व्यवसायले व्यवसायिक रुप लिईरहेको भएता पनि किसान र उपभोक्तावीचको मूल्यको अन्तर भने अत्यन्तै धेरै रहेको पाईन्छ ।
कार्तिकदेखि माघ महिनासम्म व्यवसाय हुने तरुल सवैभन्दा बढी पुस महिनाको अन्त्यतिर बढी विक्री हुने गरेको कालीमाटी तरकारी बजारमा विगत लामो समयदेखि तरुलको विक्री गरिरहेका व्यापारीहरु बताउने गर्दछन् । कालीमाटी तरकारी बजारमा आएका ८० प्रतिशत भन्दा बढी तरुल सप्तरीबाट आएको व्यापारीहरु बताउंछन् ।
तरुलको मूल्य पनि पुसको २० गतेसम्म प्रति केजी रु. ३५ मा विक्री भएको भएपनि आज पुसको अन्तिम दिन तरुलको भाउ ह्वात्तै बढेको देखिन्छ । यसको प्रमुख कारण भोली तरुलको विशेष परिकार बनाईने भएकाले पनि माग बढ्ने भएकाले मूल्य बढेको व्यापारीहरु नै बताउंछन् । 11
विगतदेखि नै तरुल व्यापार गर्दै आईरहका सप्तरी घर भएका भुलन शाहले आफूले १४० रुपैयां प्रति ढक किनेर विक्री गरेको बताउंछन् । तर त्यही कालीमाटी तरकारी बजारबाट बाहिर आएपछि सो तरुलको मूल्य ४ सय देखि ५ सय मूल्य सम्म पर्न थालेको छ । त्यस्तै कालीमाटीमा नै तरुल विक्रीगरिरहेका मोतीलाल शाहले पनि २०० सम्म प्रति ढक तरुल विक्री गरिरहेको बताउंछन् ।
कालीमाटी तरकारी बजार भित्र नै तरुलको मूल्यमा एकरुपता देखिंदैन । यस्ता धेरै तराइबासी तरुल व्यापारीमा अत्यन्तै व्यस्त देखिएका छन् । तर उनीहरु किसानहरुबाट कति रुपमा खरिद गरेर ल्याएको हो भन्ने कुरा बताउन चाहंदैनन । भुलक साह भने किसानहरुसंग अत्यन्तै थोरै मूल्यमा तरुल किनेर ल्याएको बताउंछन् ।
यसले के प्रष्ट पार्दछ भने तरुल उत्पादनका लागेका किसानहरु पनि विचौलियाको मारमा परेको देखिन्छ । किसानका पक्षमा जति नै चर्चा परिचर्चा गर्ने गरेको भएपनि किसानहरुले उत्पादन गरेको कुनै पनि तरकारी बालीले उचित मूल्य भने पाउन सकेको देखिंदैन ।

प्रकाशित मिति: बिहिबार, पुस ३०, २०७२