बुधबार, बैशाख १२, २०८१

जिल्ला दौडाहा निस्किएका कृषि मन्त्री जर्मन हान्निए !

काठमाडौं । किसानका समस्याहरु बुझ्नका लागि मन्त्री, सचिव, सहसचिव एवं उपसचिवहरु समेतको नेतृत्वमा विभिन्न जिल्लाहरुमा जाने हल्ला खल्ला गरेका कृषि मन्त्री हरिबोल प्रसाद गजुरेल यतिखेर जर्मन तिर हान्निएका छन् । किसानहरुले भोग्नु परेको पीडा, भोगाई र गुनासा समेत सुन्ने गरी देश दौडाहामा निस्किएका मन्त्री हरिबोल गजुरेल सल्यानबाट फर्केर एक्कासी जर्मन सुँईकुट्टा ठोकेका छन् । jarman  hari
विदेशी दातृ निकायको निमन्त्रणा भन्दै किसानका गुनासा सुन्न जिल्ला दौडाहामा निस्किएका कृषि मन्त्री गजुरेल जर्मन दौडाहामा सामेल भएपछि मन्त्रीको जिल्ला भ्रमण अर्थहिन र समय कटाउने नियमले मात्र भएको आरोप लाग्न थालेको छ । किसानहरुको गुनासा र समस्या सुन्न तराईका जिल्ला सहित पहाडी जिल्लामा पुग्ने भनिएको भएपनि जिल्लामा भन्दा जर्मन घुम्म हिडेपछि कृषि विज्ञहरु अचम्भित भएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २९, २०७२