ताप्लेजुङ, २९ पुस । स्थानीय बजारमा प्रतिमन रु ९० हजारदेखि रु ९२ हजार प्रतिमन रहेको अलैचीको यो बर्ष ताप्लेजुङमा पाँच अर्ब बराबरको उत्पादन भएको छ । जिल्लामा दुई हजार ४१० मेट्रिक टन अलैँंची उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष एक हजार ४१० मेट्रिक टन अलैँंची उत्पादन भएकोमा योवर्ष एक हजार मेट्रिक टन उत्पादन थप भएको छ ।
कालो सुनको उपमा पाएको अलैँंचीको उत्पादन बढेसँगै किसानको आम्दानीमा वृद्धि भएको छ । बागवानी विकास अधिकृत उमेश राउतका अनुसार यो वर्ष जिल्लामा २४ लाख १० हजार किलो अलैंँची उत्पादन भएको छ । एक किलो अलँैंचीको मूल्य रु दुई हजार ३०० पर्छ ।
Add Comment