बुधबार, बैशाख १२, २०८१

गाउँमा कृषि व्यवसाय, विरुवा सित्तैमा

खोटाङ, २८ पुस । सेवाबाट अवकाश प्राप्त भएपछि धेरैको सपना हुन्छ, सुविधा सम्पन्न ठाउँमा जाने अनि परिवारसँग सुखसयलका साथ बाँकी जीवन बिताउने । तर, जिल्लाको चिप्रिङ–१ का चतुरमान राईले गाउँ रोजेका छन् । सो¥ह वर्षसम्म सेवा गरेर विसं २०३९ मा बेलायती सेनाबाट अवकाश प्राप्त राई इटहरी छाडी गाउँमै फर्किएर कृषि पेसामा लागेका छन् । अहिले उनी कफी, सुन्तला, लिची, कागती, अलैँंची, रुद्राक्षलगायतका फलफूल तथा विभिन्न प्रजातिका तरकारीखेतीमा व्यस्त देखिन्छन् ।
राईले घर वरपर व्यावसायिक रूपमा मौरी पालनसमेत गरेका छन् । सहरको सुखभोगमा बस्नुको सट्टा उनी दैनिक बिहानदेखि बेलुकासम्म आफ्नो बगैंँचाको बोटबिरुवा गोडमेल र स्याहारसुसारमा व्यस्त हुन्छन् । “सहरमा त्यत्तिकै बस्नुभन्दा गाउँमा केही गरौँ भन्ने सोचले गाउँ फर्केको हुँ,” उनी भन्छन् । “गाउँका किसानको अगुवाइ गर्ने सपना पालेको छु ।”
ढल्कँदो उमेरका राईले इलाम र धनकुटाबाट पाँच दिन लगाएर जिर्मले, गोलसाई, रामसाइ जातको अलैँंचीको बिरुवा ल्याएर ४५ रोपनी जग्गामा लगाएका छन् । भने अन्य पाखो जग्गामा सुन्तलाखेती पनि गरेका छन् । उत्पादन भएको कफी र कागतीको बिरुवा माग्न आउने गाउँलेलाई उनले सित्तैमा बाँड्ने गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, पुस २८, २०७२