सोमवार, जेष्ठ २२, २०८०

समग्र कृषिमा सवैभन्दा बढी सम्भावना रहेको क्षेत्र पशुपालन नै हो

kesav premi 

डा. केशवप्रसाद प्रेमी
महानिर्देशक
पशु सेवा विभाग

० कृषि विकास मन्त्रालयबाट पशुपंक्षी विकास मन्त्रालयमा विभाजन भएको छ । तपाई पशु सेवा विभागको महानिर्देशकका रुपमा कार्यारत हुुनुहुन्छ कसरी जान्छ जस्तो लाग्छ ?
पहिलो कुरा भनेको पशुपंक्षी विकास मन्त्रालयको माग धेरै पहिलेदेखि नै भएको हो । मैले पनि यही सेवामा करीव तीन दशक विताएको छु । मैले पशु चिकित्सकका रुपमा प्रवेश गर्दादेखि नै पशु सेवा क्षेत्रलाई अपार सम्भावना भएको क्षेत्रमा रुपमा देखेको छु । कृषिमा मिलाएर जांंदा यो क्षेत्रको विकास जसरी हुनु पर्ने हो त्यो हुन सकेको थिएन । मुलुकको आर्थिक बृद्धिमा पशु सेवा क्षेत्रले धेरै नै योगदान दिने भएकाले छुट्टै पशु विकास मन्त्रालयको आवश्यकता पर्दछ भन्ने कुरा धेरै बर्ष अगाडिदेखि उठ्दै आएको भएपनि त्यो मागको सम्वोधन अहिले भएको जस्तो लाग्छ । पशुपंक्षी विकास मन्त्रालय स्थापना भईसकेपछि यो मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले पशु सेवाको क्षेत्रमा जुन कार्यक्रमहरु नियमित रुपमा गरिरहेका छ । त्यो कार्यक्रमका अलावा अन्य नयां कार्यक्रम किसानका घरदैलोमा कसरी पु¥याउन सकिन्छ । पशुपालन कै माध्यमबाट नेपालको समग्र विकासमा कसरी योगदान दिन सकिन्छ त्यो दिशा तर्फ हामीले नयां सोच बनाएर अगाडि बढ्दैछौ ।
० विगतमा मुलुकलाई आत्मनिर्भर बनाउने कृषि क्षेत्र भनेको दुग्ध उत्पादन र पोल्ट्रि व्यवसाय थियो, अहिले यी दुवै पशुपंक्षी विकास मन्त्रालयमा आएको छ अव कसरी लैजानु हुन्छ ?
वितगका बर्षमा तयार भएका दस्ताबेजहरुलाई केलाएर हेर्ने हो र विश्लेषण गर्ने हो भने समग्र कृषि क्षेत्रमा वै भन्दा बढी सम्भावना रहेको क्षेत्र भनेको पशुपालन क्षेत्र हो । सन् १९९५ मा दीर्घकालिन कृषि योजना बनाउदा पनि ठूला विज्ञहरुको समूहले भनेका थिए समग्र कृषि क्षेत्रमा भविष्यमा आर्थिक परिवर्तन ल्याउने क्षेत्र भनेको पशुपालन क्षेत्र नै हो । भन्ने दस्तावेज नै आएको थियो । यति हुंदा हुंदै पनि पशुपालन क्षेत्रले विकास गर्न नसक्नुको मुख्य कारण भनेको यसको संरचनागत हिसावले जुन महत्व पाउनु पर्ने थियो त्यो नपाएर्कै कारण हो ।
० पशु सेवा क्षेत्रले किन पाउन सकेन त संरचनागत रुपमा महत्व ?
एउट कृषि विकास मन्त्रालयले जुन कृषिका सवै विभागहरु वा अंगहरुलाई एकै ठाउमा राख्ने काम भयो । जसको बृद्धिदरको सम्भावना थियो । त्यो सम्भावनाको आधारमा श्रोत र साधनको विनियोजन बढी हुनु पर्नेमा त्यो हुन सकेन । जसरी नीतिहरु बन्नु पर्ने थियो त्यो पनि बन्न सकेन तर अव हामी पशुपंक्षी विकास मन्त्रालय मातहतमा आइसकेका छौं अव हामी विगतमा व्यवसायीकरण भैसकेको छ त्यो व्यवसायलाई तीव्रता दिने छौं । विदेश जान लागेका वा विदेशबाट फर्केका युवाहरुलाई पशुपालन क्षेत्रतर्फ आकर्षण गर्ने । पशुपालन क्षेत्र मार्फत पशुजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्ने साथै निर्यातको प्रवल सम्भावना भएको क्षेत्रलाई निर्यात गर्नका लागि विशेष कार्यक्रम तर्जुमा गर्ने सोच बनाउका छौं ।
० तर यतिकुरा गरिरहंदा पशु सेवा अन्तर्गत नै हुनु पर्ने मत्स्य सेवा फेरि कृषिमै लगियो नि त ?
यो कुराका लागि सरकारले संरचना सुधार ल्याउदा न बुझ्नु पर्ने हुन्छ । विश्लेषण गर्नुपर्ने हुन्छ । संरचनागत सुधार भनेको एउटा आवश्यकताले गर्ने हो । अर्को कुरा विश्वव्यापी रुपमा जुन अन्तर्राष्टिूय मापदण्ड छ । त्यसलाई स्वीकार गर्नै पर्दछ । नेपालको पशु स्वास्थ्य तथा पशु सेवा ऐनले पनि पशु भन्नाले मत्स्य र मौरीलाई पनि जनाउंछ भन्ने कुरा राखेको छ । त्यसले गर्दा पशुसंग सम्वन्धित मन्त्रालय स्थापना भईसकेपछि यो स्वत ः यसमा आउनु पर्ने हो । हामी ओआईइको प्रतिनिधि सदस्य छौं त्यो प्रतिनिधि अहिले म नै भएका कारणले मैले पनि माछा र मौरीको बारेमा त्यहां जानकारी गराउनु पर्ने हुन्छ । यसले गर्दा अन्तर्राष्टिूय स्तरमा पशु सेवाको क्षेत्र भित्र माछा र मौरी पर्दछ । पहिले पशु विकास मन्त्रालय हुंदा जनु म्याण्डेट छ त्यो नै अन्तर्राष्टिूय नियममा थियो । तर अहिले आएर फेरि त्यसलाई कृषिमा राखिएको छ । त्यो नेपाल सरकारको निर्णय भएकोले पनि हामी माछा र मौरीलाई पशुपंंक्षीमै हुनु पर्दछ भन्ने कुरामा हामी अडिग नै छौ । माछा र मौरीलाई अहिले कृषिमा लगिएको भएपनि त्यो पशुपंक्षी विकास मन्त्रालयमै ल्याउनु पर्दछ भन्ने हाम्रो मान्यता हो ।
० केही समय पछाडि फेरि कृषिमा नै पशु पंंक्षी विकास मन्त्रालय गाभियो भने तपाईहरुको भूमिका के रहन सक्छ ?
हामी सरकार मातहतका कर्मचारी भएकाले सरकारले गरेको निर्णयलाई नै हामीले सर्वोपरी मान्नु र स्वीकार गर्नु पर्दछ । पहिले कृषि विकास मन्त्रालय थियो आज पशुपंक्षीं विकास मन्त्रालय अन्तर्गत रहेनु पर्दछ । यो अत्यन्तै राम्रो समयमा परेको छ । पशुसेवाकर्मी भएको नाताले भन्नु पर्दा पशु सेवाकर्मीचाहना अनुरुप नै यो भएको हो । अर्कोकुरा अफ्रिकी देश, दक्षिण एशियाली देशहरुमा समेत पशु विकास मन्त्रालय छ । अमेरिकी देशहरुमा पनि पशुविकास मन्त्रालय छ । र यो पशुपंक्षी विकास मन्त्रालयले पशुसेवा, पशुपालन क्षेत्रमा भएका सम्भावनालाई पहिल्याउदै पशु विकास मार्फत नै गरिवी न्यूनिकरण गर्न, किसानहरुको जिवीकोपार्जनमा सहयोग गर्ने र यसलाई व्यवसायीकरण औधोगिकरण गर्ने क्षेत्रमा अहम् भूमिका निभाउछ । पशु विकास मन्त्रालय स्थापना हुनु भनेको एउटा व्यक्तिको स्वार्थका लागि होइन समग्र किसानहरुमा लागि हो भन्ने कुरा सवैले ुबुझन् पनि आवश्यक छ ।
०यो मन्त्रालय फेरि जोडिएर कृषि विकास मन्त्रालयमा गयो भने तपाई जस्ता पशुसेवाकर्मीहरुले के गर्नु हुन्छ ?
मेरो व्यक्तिगत विचार भन्ने हो भने यसरी छुट्टिएको मन्त्रालय फेरि गाभिन्छ भने त्यो समस्त पशुपालन गर्ने किसानहरुका लागि अत्यन्तै अप्रिया निर्णय हुन्छ । हुन त कृषि क्षेत्र भित्रको एउटा अभिन्न अंग भनेर हामी परिभाषित गछौं । पशु सेवा क्षेत्रलाई अलग्नै छुट्याएर विशिष्टिकृत हिसावले सेवा प्रवाह गर्दा किसानलाई सेवा प्रवाहमा समेत बृद्धि हुने देखिन्छ ।
अर्कोकुरा किसानहरुलाई आवश्यक पर्ने चीजहरु हरेकले एउटा विशिष्टिकृत सेवा प्रवाह गर्न निकायहरुबाट उसले बढी भन्दा बढी सेवा प्राप्त गर्न सक्छ । वास्तवमा किसानहरुको जीवनमा आमूल परिवर्तन ल्याउन सम्भव छ । र पशु सेवा क्षेत्रमा पनि जून किसिमले अहिले पशुपंक्षी विकास मन्त्रालय स्थापना भएको छ । त्यो स्थापना भईसकेको मन्त्रालयले विगतका दिनहरुभन्दा आउंदा दिनहरुमा बढी अझ बढी फड्को मार्न सक्ने भएकाले अवको निर्णयमा समस्या पर्दैन भन्ने कुरामा म विश्वस्त छु ।  –वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: आइतवार, पुस २६, २०७२