बिहिबार, बैशाख १३, २०८१

धानको खरिद मूल्य निर्धारण

लहान, २५ पुस । जिल्ला प्राथमिक खरिद समिति सिरहाले धानको खरिद बिक्री मूल्य निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विश्वकर्माको अध्यक्षतामा हिजो बसेकोे समितिको बैठकले धानको खरिद बिक्री मूल्य निर्धारण गरेको हो । समितिको निर्णय अनुसार सोना मन्सुली प्रति क्विन्टल रु दुई हजार १३० र जीरा मसिनो प्रति क्विन्टल रू तीन हजार २५ निर्धारण गरेको छ । rice before
यस्तै समितिले नेपाल खाद्य संस्थानबाट जिल्लाका लागि सोना मन्सुली २० हजार क्विन्टल र जीरा मसिनो दुई हजार क्विन्टल कोटा निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।
त्यस्तै जिल्लामा बास्मती धानको उत्पादन पर्याप्त भए पनि नेपाल खाद्य संस्थानबाट यसको खरिदको कोटा निर्धारण नभएको हुदाँ कोटा निर्धारण गर्न आग्रह गर्नेसमेत निर्णय गरिएको जनाएको छ । धानको मूल्य निर्धारण नहुँदा किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य थिए ।

प्रकाशित मिति: शनिबार, पुस २५, २०७२