शुक्रबार, चैत्र १६, २०८०

फुटेको कृषि विकास मन्त्रालय पशु हुंदै पंक्षी बन्यो

काठमाडौं । सरकारले टिकाउनेका लागि जम्बो मन्त्रीमण्डल विस्तार गर्दै अगाडि बढेको वर्तमान सरकारले कृषि विकास मन्त्रालय फुटाएर पशु विकास मन्त्रालय गठन गरेको थियो । पशु विकास मन्त्रालय गठन पश्चात सत्तासाझेदार एमाले र एमाओवादीवीच भएको खटपटले झण्डै झण्डै सरकारबाट एमाओवादी नै बाहिरिनेसम्मको कुरा पनि चर्चामा आए । पशु विकास मन्त्रालयमा मन्त्री सहित राज्य मन्त्री पनि थप गरेपछि यो मन्त्रालयका नवनियुक्र मन्त्री, राज्यमन्त्री र सचिवसम्मलाई कार्यालय व्यवस्थापन गर्न फुट्नु भन्दा अगाडिको कृषि विकास मन्त्रालयका उच्च कर्मचारीहरुलाइृ हम्मे हम्मे नै परेको थियो । तर पनि कृषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहालले रातारात मन्त्री, राज्यमन्त्री र सचिवसम्मलाई कार्यालय व्यवस्थापन गरिदिए । pasu panchi
पशु विकास मन्त्रालयको कार्यालय व्यवस्थापनसंगै सो मन्त्रालयभित्र कृषि विकास मन्त्रालयमा रहेका कुन कुन क्षेत्रलाई पनि गाभ्ने भन्ने विषयमा ठूलो बहश पनि बनेको थियो । पशु विकास मन्त्रालयमा मत्स्य विकासलाई पनि जोडिनु पर्दछ भन्ने मान्यता पशु सेवामा कार्यरत कर्मचारीहरुको थियो । मन्त्रालय फुट्ने वित्तिकै गरिएको परिपत्रमा पनि मत्स्य, मौरी र रेशमखेतीलाई पनि पशु विकास मन्त्रालयमा राखिएको थियो ।
तर अहिले पशु विकास मन्त्रालयको नाम पुनः परिवर्तन भएको छ । पशु विकास मन्त्रालयको नाम परिवर्तन भई पशु पंक्षी विकास मन्त्रालय बनाइएको छ । भने पशु विकास मन्त्रालयमा मातहतमा रहने भनिएको मत्स्य विकास, मौरी र रेशम खेतीलाई फेरि पशु पंक्षी विकास मन्त्रालयबाट हटाएर कृषि विकास मन्त्रालयमा नै राखिएको छ । मन्त्रालय फुटाएर सो मातहतमा रहेका कार्यालयहरु केही यता र कहिले उता गरिएकाले वर्तमान सरकार ढल्ने वित्तिकै बन्ने सरकारले पशुपंक्षी विकास मन्त्रालयलाई फेरि कृषि विकास गाभ्ने चर्चा अहिलेदेखि नै शुरु भईसकेको छ ।

प्रकाशित मिति: बिहिबार, पुस २३, २०७२