बिहिबार, चैत्र १५, २०८०

चितवनमा बढ्दै भकारो सुधार

चितवन, २३ पुस । जिल्लाका कृषकहरु भकारो सुधार र र्भमि कम्पोष्ट मल उत्पादनमा निकै अग्रसर देखिएका छन् । जिल्ला कृषि विकास कार्यालयमा यस वर्ष केन्द्रिय र निक्षेपित कार्यक्रम गरि जम्मा २५० भकारो सुधार ७० ओटा र्भमि वेड वनाउनका लागि सुचना जारी गरेता पनि लक्ष्य भन्दा ४ गुणा माग आएको कार्यालयका वाली विकास अधिकृत सुदिप रेग्मीले वताए ।
रसायनिक मलको अभाव भई रहेको वेला यस कार्य प्रति कृषि आर्कषण वढेकाले आगामी वर्ष देखी कार्यक्रम संख्या र प्रति कार्यक्रम वजेत वढाउनु पर्ने कृषकहरुले सुझाव दिएका छन । रेग्मीले आगामी वर्ष कार्यक्रम संख्या वृदि गरिने र कृषि संग सरोकार राख्ने अन्य निकाय र प्रोजेक्टहरु संग सो कार्यको लागी सहकार्य भईरहेको वताएका छन । प्रति भकारो सुधारको र र्भमि वेड निमार्णका लागि पाँच हजार दुई सय र पच्चीस हजार दिइने गरेको कार्यालयका वाली विकास अधिकृतले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, पुस २३, २०७२