बुधबार, बैशाख १२, २०८१

लगन पछिको पोते, अण्डा उत्पादक संघले रकम बोके

काठमाडौं । लगन पछिको पोत नेपाली समाजमा अत्यन्तै चर्चित उखान तुक्का यतिखेर राष्ट्रिय पोल्ट्रि दिवसको प्रचार प्रसारलाई हेर्ने हो भने मेल खान्छ । कृषि विकास मन्त्रालयबाट भर्खरै विभाजन भएको पशु विकास मन्त्रालय मातहतमा रहेको पशु सेवा विभाग, पशुपंक्षी बजार प्रर्वद्धन निर्देशनालयको सरकारी बजेट सिध्याउन नेपाल अण्डा उत्पादनक संघले विचित्रैको लीला देखाएको छ । egg day
पशुपंक्षीका क्षेत्रमा काम गरिरहेका व्यवसायीहरुले बेला बेलामा विचित्र विचित्रका लीला मच्चाउने गर्दछन् । कुरा बढी काम कम गर्ने भएकै कारण पशुपंक्षीको व्यवसायिकरण माथि कहिले काही प्रश्न चिन्ह पनि उठ्ने गर्दछ । तर यतिखेर किसानहरुलाई सजग गराउने नाममा अण्डा उत्पादक संघले सरकारी धन जसरी भएपनि सिध्याउंदा हुन्छ भन्ने नमूना नै देखाईदिएको छ । किसानहरुलाई जानकारी गराउन प्रचार प्रसार गर्ने नाममा लाखौं रुपैयां कमिशन कै चक्करमा केही ठूला दैनिक पत्रिकामा कार्यक्रम सकिएको भोलीपल्ट सूचना प्रकाशित गरिएको थियो ।

पोल्ट्रि दिवस मनाउनका लागि प्रचार प्रसार गर्न पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय मार्फत छुट्याएको लाखौं रुपैयाँ बजेट अण्डा उत्पादक संघले आफू मार्फत सिध्याउने ध्याउन्नमा पौष १८ गतेको प्राय सवै दैनिक पत्रिकामा १७ गतेको दिवस भव्य सफल पारौं भन्दै प्रचार गरेको थियो ।
राष्ट्रिय पोल्ट्रि दिवस भव्य सफल बनाउनका लागि किसानहरुलाई जागरण नै गर्ने हो भने १७ गते वा सोभन्दा अगाडि गर्नु पर्ने थियो । तर त्यो भन्दा अगाडिसम्म निदाएर बसेका संघका पदाधिकारीहरुले विज्ञापन एजेन्सीसंगको मिलेमतोमा राष्ट्रिय पोल्ट्रि दिवस सकिएको भोलीपल्ट बजेट सिध्याउने नियतले सूचना प्रकाशित गरेको भन्दै पशु सेवा विभागदेखि कृषि विकास मन्त्रालयसम्म चर्चाको विषय बनेको छ । त्यत्तिमात्र होइन सरकारी रकममा गरिएको व्याकडेटको नोटिसका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविनको तयारी गरिएको बुझिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७२