आइतवार, मंसिर २४, २०८०

कृषि उत्पादनमा हप्ताको एक घण्टा

पाल्पा, २२ पुस । युवाहरुले सामूहिक रुपमा कृषि उत्पादन बृद्धि गर्न समुदायका लागि निःशुल्क काम थालेपछि पाल्पाको मैदानी गाविसमा फरक रौनक शुरु भएको छ । सो स्थानका युवाहरुले प्रत्येक हप्ताको एक घन्टा सामूहिक काम गर्न थालेका हुन् । आत्मनिर्भर सहकारी संस्थाको अगुवाइमा उनीहरुले हरेक हप्ताको एक घण्टा समाजका लागि सुम्पिएर कृषि, पशुपालन र मेलापातका काम गर्न थालेका छन् ।
जसले समुदायका सदस्यको समेत आर्थिकरूपमा परिवर्तन आएको छ । तरकारीखेती लगाउँदादेखि तरकारी खेतबारीबाट निकासी गर्दासमेत सामूहिक काममा युवाहरु जुटेका छन् ।
सामूहिक रूपमा तरकारीखेती र पशुपालन गर्न थालेपछि स्थानीयवासीको आयस्रोतसमेत बढेको छ । गाउँमा सामूहिकरूपमा सहकारीको काम गरेपछि प्रतिघन्टा ३० दरले सदस्यले समेत पारिश्रमिक पाउने गरेको छ ।
बन्दा, खुर्सानी टमाटर, काँक्रो, आलु लगायतका तरकारी बर्सेनि गाउँबाट निकासी हुँदा गाउँमा ठूलो मात्रामा पैसा भित्रिएको छ । प्रत्येक घरको वार्षिक लाखभन्दा बढी रकम कृषि र पशुपालनबाट आम्दानी समेत हुने गरेको देखिन्छ ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७२