आइतवार, मंसिर २४, २०८०

उखुको मूल्य कायम

रौतहट, २१ पुस । उखु उत्पादक कृषक सङ्घ र चिनी उद्योगी सङ्घको आपसी सहमतिमा उखुको नयाँ मूल्य कायम गरिएको छ ।
दुबै सङ्घका प्रतिनिधिबीच भएको छलफलबाट उखुको मूल्य प्रतिक्विन्टल रु ४४८ कायम गरिएको छ । उखु उत्पादक सङ्घका जिल्ला अध्यक्ष अशोकप्रसाद यादवका अनुसार सो मूल्य गत वर्षको भन्दा रु १३ ले कम हो । विगत वर्षमा क्रसिङ सुरु भएपछि वा सकिएपछि मात्र उखुको मूल्य निर्धारण गर्ने गरिएको थियो ।

प्रकाशित मिति: मङ्लबार, पुस २१, २०७२