शनिबार, बैशाख ८, २०८१

फुटाइएको कृषि (पशु) मन्त्रालयमा मन्त्रीको लस्कर

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले सत्तासाझेदार मात्र होइन आफ्नै पार्टी भित्रका नेताहरुलाई मन्त्री बनाउनका लागि मन्त्रालय फुटाउने कार्य भएको मात्र होइन अनावश्यक मन्त्री थप गरेर राज्यलाई ठूलो आर्थिक बोझ समेत थपेको आरोप लाग्न थालेको छ । केपी शर्मा ओलीले एमाओवादीको भागमा परेको कृषि विकास मन्त्रालय फुटाएर पशु विकास मन्त्रालय स्थापना गरे । नयां स्थापित मन्त्रालयको जिम्मेवारी एमाले नेतृ शान्ता मानवीले पाएकी छिन् । भने उनले पशु विकास मन्त्रालयको जिम्मेवारी संहाली मन्त्रालय मातहतको विभाग पशु विभाग मार्फत ‘व्रिफिङ’ लिने काम समेत गरिसकेकी छिन् ।
पशु विकास मन्त्रालय विभाजन भएपछि पशु सेवामा कार्यरत कर्मचारीहरु हौसिएका छन् भने कृषि सेवामा कार्यरत कर्मचारी कृषि विकास मन्त्रालय फुटेको नभै मन्त्रीको भागबण्डा पु¥याउनका लागि अंश बण्डा लगाएकोले पछि फेरि कृषि विकास मन्त्रालयमा नै गाभिने आउने तर्क प्रस्तुत गर्न थालेका छन् । कृषि विकास मन्त्रालय विभाजन भएपश्चान पशु विकास मन्त्रालयको नामाकरण गरिएको भएपनि यसको नाम पुर्न संशोधन गरी पशुपंक्षी तथा मत्स्य विकास मन्त्रालय राख्नु उचित हुने भन्दै पशु विकास मन्त्रीको तर्फबाट शुक्रबारको मन्त्रीपरिषद्मा नाम संशोधन प्रस्ताव गरिएपनि हुन सकेको छैन । pasu mantris
पशु मन्त्रालय मातहतमा मत्स्यलाई समेत राखिएपछि मत्स्य सेवामा कार्यरत कर्मचारीहरु भने विगतदेखि आफूहरु कृषि विभाग मातहतमा रहेर काम गरिरहेको र सोही अनुरुप नै मुलुकभर कार्यरत भएकाले पशु सेवामा कसरी रहने भन्ने चर्चा चलाउन थालेका छन् । यद्यपी पशु विकास मन्त्रालयको नाम संशोधन भएर आएमा मत्स्य विभागको अलग्गै अस्तित्व हुने पर्ने भन्दै मत्स्य विकासमा कार्यरत कर्मचारीहरु आफ्नो अस्तित्वको खोजी गर्न थालेका देखिन्छन् ।
कृषि विकास मन्त्रालय विभाजन पछि बनेको पशु विकास मन्त्रालयका लागि कर्मचारी मिलान गर्न केही समय लाग्ने भएपछि पशु विभाग मातहतमा रहेका गाउंसम्मका कार्यलयहरुमा भने कुनै समस्या नरहने देखिन्छ । तर पशु विकास मन्त्रालयको आयुका विषयमा चर्चा चलिरहेकै बेला पशु विकास मन्त्रालयमा राज्य मन्त्री समेत थप गरेपछि एउटै भवनमा (हालसम्म)ं कृषि विकास मन्त्रालयमा मन्त्रीको लस्कर देखिएको छ । पशु विकास मन्त्रालयमा राज्य मन्त्रीका रुपमा म्याग्दीकी एमाले सांसद नरदेवी पुन मगरले शपथ ग्रहण गरिसकेपछि कृषि विकास मन्त्रालयमा पनि राज्य मन्त्री ल्याउने तयारी गरिएको छ । कृषि विकास मन्त्रालयमा रौतहटका एमाओवादी सांसद सत्यनारायण भगत विनलाई राज्य मन्त्रीका रुपमा ल्याउन लागिएको बुझिएको छ । भगत कृषि विकास मन्त्रालयमा राज्य मन्त्री भएर आएभने विगतमा एक जना मन्त्रीले चलाएको मन्त्रालयमा चार जना मन्त्री हुने छन् ।

प्रकाशित मिति: आइतवार, पुस १९, २०७२