बिहिबार, बैशाख ६, २०८१

पशु र कृषि क्षेत्रको विकास नै आर्थिक समृद्धिको आधा

म्याग्दी, १९ पुस । पशु विकास राज्यमन्त्री नरदेवी पुनले पशुपालन र कृषि क्षेत्रको विकासले नै मुलुकको आर्थिक समृद्धि हुने बताएकी छिन् । आफ्नो सम्मानमा नेकपा (एमाले) म्याग्दीले बेनीमा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उनले मुलुकमा पशुपालन र कृषिको प्रचुर सम्भावना रहेको बताउँदै यिनै क्षेत्रलाई प्राथमिकता दिएर युवा अगाडि बढ्नुपर्ने धारणा राखेकी छिन् । ‘‘पशुपालन र कृषिमा राज्यले समेत अनुदानका कार्यक्रम बढाएको छ, वैदेशिक रोजगारीमा जाने युवा व्यावसायिक रूपमा पशुपालन र कृषि पेसामै लाग्न सकेमा पनि मुलुकको मुहार फेर्न सकिन्छ”, उनले भनिन् । मन्त्रालयबाट प्रवाह हुने सेवासुविधालाई जनमुखी बनाउँदै कृषकका समस्या समाधानका लागि आफू लागिरहने राज्यमन्त्री पुनले प्रतिवद्धता जाहेर समेत गरेकी छिन् ।

प्रकाशित मिति: आइतवार, पुस १९, २०७२