शुक्रबार, चैत्र १६, २०८०

पूर्वमा रासायनिक मलको अभाव छैन

विराटनगर, १५ पुस । पूर्वी क्षेत्रमा गहुँ खेतीका लागि किसानको मागअनुरुप मल उपलब्ध गराइएको छ । क्षेत्रीय कार्यालय विराटनगरले यस क्षेत्रका अधिकांश जिल्लाका डिपोलाई रासायनिक मल उपलब्ध गराएको र हड्तालबाट प्रभावित जिल्लामा वीरगन्जस्थित क्षेत्रीय कार्यालयमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएकाले पूर्वी क्षेत्रमा रासायनिक मलको अभाव नभएको हो ।
चार महिनादेखिको मधेसी मोर्चाको बन्द, हड्तालका कारण सीमावर्ती नाका प्रभावित भएपछि समयमै किसानले मल पाएका थिएनन् ।

प्रकाशित मिति: बुधबार, पुस १५, २०७२