काठमाडौं, पुस । गत शुक्रबारको मन्त्रीपरिषद्ले कृषि विकास मन्त्रालय लगायतका मन्त्रालयलाई विभाजन गरेपनि धेरै मन्त्री र मन्त्रालयका सचिवहरुले कार्यकक्ष समेत नपाएर घाम ताप्न व्यस्त छन् । तर पशु विकास मन्त्रालय गठनलगतै धेरै मन्त्री तथा सचिवहरुले कार्यकक्ष समेत नपाईरहेको अवस्था पशु विकास मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले भने आजै कृषि विकास मन्त्रालयको पांचौ तल्लामा रहेको पशु विकास मन्त्रालयका आफ्नो कार्यभार सम्हालेका छन् ।
नव घोषित मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेललाई मन्त्रालयमा पशु मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेल, पशु विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमी, कृषि विकास मन्त्रालयका सहसचिव काशीराज दाहाल, योगेन्द्रकुमार कार्की, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्त, दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगा तिमल्सेना लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।
पदबहाली गदै पशु विकास मन्त्रालयका सचिव पौडेलले कृषि विकास मन्त्रालय र पशु विकास मन्त्रालय दुवै नङ्गमासुको सम्वन्ध भएको मन्त्रालय भएकालेसंगै हिड्नु पर्ने बताए । किसानहरु एकिकृत भएकाले मन्त्रालयले किसानका पक्षमा काम गर्नु पर्नेमा जोड दिएका छन् । पशु विकास मन्त्रालयले अन्य कुरामा भन्दा पशु विकासको उपलब्धिमा जोड दिनु पर्ने समेत बताए ।
मन्त्रालयमा कर्मचारीहरुलाई जोड दिंदै उनले निर्वाहमुखि पशुपालनलाई व्यवसायिकतातिर अगाडि बढाउनु अनिवार्य रहेको समेत जोड दिएका छन् ।
व्यवसायिक पशुपालनमा नवनियुक्त पशु विकास सचिवको जोड

Add Comment