काठमाडौं, पुस । नवगठित पशु विकास मन्त्रालयका मन्त्री शान्ता मानवीले आज एक समारोह वीच पशु विकास मन्त्रालय सिंहदरबारमा आफ्नो पदबहाली गरेकी छिन् । पशु विकास मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडल, पशु विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेल, पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमी लगायत पशु विकास मन्त्रालय मातहतका उच्च कर्मचारीहरुले मन्त्री मानवीको स्वागत गरेका थिए ।
पदबहालीका क्रममा कर्मचारीहरुलाई निर्देशन दिंदै मानवीले जिम्मेवार र कर्तव्यनिष्ठ भई तोकिएको जिम्मेवारी पूरा गर्न आग्रह गरेकी थिइन् । पशु विकास मन्त्रालय गठन भएपछि विभिन्न खालका सकारात्मक एवं नकारात्मक टिप्पणीहरु आईरहेको बताउंदै कुरा भन्दा बढी काम गर्नु पर्नेमा जोड दिएकी थिइन् ।
पशु विकास मन्त्री मानवीद्धारा पद बहाली

Add Comment