बिहिबार, बैशाख १३, २०८१

कृषि विकास वैकप्रति किसानहरुको आक्रोश

काठमाडौं,१२ पुस । कृषि विकास बैंकले किसानहरुलाई कृषि ऋण प्रवाह गर्नका लागि राखेका अवैज्ञानिक मापदण्डका कारण किसानहरु मारमा परेको भन्दै व्यवसायिक रुपमा दुग्ध उत्पादनका क्षेत्रमा लागेका किसानहरु आक्रोशित बनेका छन् । कृषि विकास बैंकले किसानलाई अन्य वैंक झै रवैया देखाएको भन्दै राष्ट्रिय व्यवसायिक दुग्ध उत्पादन कृषक समाजका केन्द्रिय अध्यक्ष आनन्द न्यूरेले कृषि विकास वैकको नामै परिवर्तन गर्नु पर्ने भन्दै विभिन्न राजनीतिक दलसंग आग्रह गरेको बताएका छन् । कृषिसंग कुरा गर्दै उनले कृषि विकास वैंक किसानका पक्षमा नदेखिएकाले सो वैंक कृषिका नाममा व्यापारीहरुको वैंक भएकोले सो वैकको नाम परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटगरी आग्रह गरेको बताएका छन् ।

प्रकाशित मिति: आइतवार, पुस १२, २०७२