शुक्रबार, चैत्र १६, २०८०

कृषि विकास मन्त्रालय फुट्यो, पशु विकास मन्त्रालय थपियो

काठमाडौं, पुस । भारतले गरेको अघोषित नाकावन्दीका कारण जनता आक्रान्त बनिरहेका बेला सत्ता टिकाउने खेलमा लागेका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरुलाई अन्धाधुन्धसंग टुक्राएका छन् । ministry-divideएमाले, एमाओवादी, राप्रपा नेपाल लगायत साना दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले सवै दललाई मन्त्रालय पु¥याउन भागबण्डाका आधारमा मन्त्रालय विभाजन गरेका छन् । मन्त्री पदको भाग भण्डाका लागि कृषि विकास मन्त्रालयलाई मन्त्रालयलाई समेत दुइवटा मन्त्रालयमा विभाजन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता लम्ब्याउन गरेको यो खेल धेरै दिनसम्म टिक्ने लक्षण देखिएको छैन । मन्त्रालयहरु अन्धाधुन्धसंग टुक्र्याएपछि सत्तासाझेदार रहेको एमाओवादी अत्यन्तै रुष्ट देखिन्छ । त्यसमा पनि ओलीले अधिकांश एमाओवादीको भागमा परेको मन्त्रालय फुटाएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकारबाट बाहिरिने तयारी गरिरहेका छन् । एमाओवादी सत्ताबाट बाहिरियो भने ओली सरकार दुई सेकेण्ड मै सडकमा पुग्ने छ ।ministry agricultue
एमाओवादीको भाग परेको कृषि विकास मन्त्रालयलाई ओली नेतृत्वले विभाजन गरेर कृषि मन्त्रालय र पशु विकास मन्त्रालय दुईवटा बनाएको छ । एमाओवादीका नेता हरिबोल प्रसाद गजुरेल कृषि विकास मन्त्रीका रुपमा थिए । शुक्रबार बसेको मन्त्रीपरिषद्को वैठकले आफ्नो मन्त्रालय टुक्रयाएको स्वयं कृषि मन्त्री हरिबोल प्रसाद गजुरेलले नै थाहा पाएनन् ।

सम्वन्धित मन्त्री नभएको मौकामा ओलीले मन्त्रालय टुक्रयाएको आरोप लागेको छ । आफ्नो मन्त्रालय टुक्रिदा कृषि मन्त्री गजुरेल सुर्खेत भ्रमणमा छन् । कृषि विकास मन्त्रालयलाई फुटाएर पशु विकास मन्त्रालय बनाएपछि सो मन्त्रालयको जिम्मेवारी एमालेको तर्फबाट शान्ता मानवीलाई पशु विकास मन्त्री बनाइएर दिइएको छ । प्रशासन सुधार आयोगले मन्त्रालय घटाउन सुझाव दिएको सुझाव विपरित भटाभट मन्त्रालयहरु फुटाएर मन्त्रालय बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेका छन् ।

प्रकाशित मिति: शनिबार, पुस ११, २०७२