शुक्रबार, चैत्र १६, २०८०

सिन्धुलीमा व्यवसायिक तोरी खेती

सिन्धुली, १० पुस  । विगत वर्षको तुलनामा यसवर्ष सिन्धुलीको कमलाखोंच क्षेत्रमा गरिएको व्यवसायिक तोरी खेती सप्रिएको छ । कमलाखोच क्षेत्रका रानीबास, हत्पते, निपाने, सिर्थौली, हर्षाही गाविसमा किसानहरुले यस वर्ष २० हजार हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा तोरीको खेती गरेका छन् ।

कमलाखोंच क्षेत्रमा उत्पादन भएको तोरी जिल्लासदरमुकाम सिन्धुलीमाडीका साथै महोत्तरी, रामेछाप, उदयपुर लगायतका छिमेकी जिल्लाहरुमा बिक्री–वितरण हुने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले यस वर्ष सिन्धुलीकोे कमलाखोच क्षेत्रमा २७ हजार मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरेको छ । यसवर्ष तोरीको बिक्रीबाट सिन्धुलीमा ६ करोड रुपैयाँ आम्दानी हुने समेत कार्यालयको अनुमान छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७२