शुक्रबार, बैशाख ७, २०८१

विषादीका कारण दैनिक सातसय किसानको मृत्यु

काठमाडौँ, पुस । असुरक्षित विषादीको प्रयोग एवं घातक विषादीको प्रयोगका कारण हरेक दिन ७ सय किसान(कृषिकर्मी) को मुत्यु हुने गरेको हालसालै गरिएको एक अध्ययनले देखाएको छ । विाषदी प्रयोगकै कारण ३१ प्रतिशत आत्महत्या हुने गरेको पनि सो तथ्यांकमा उल्लेख गरिएको कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयले जनाएको छ । FARMER
भारतको भोपालमा सन् १९८४ मा विषादी चुहावटको कारण भएको असरले २० हजार मानवीय क्षति तथा ५ लाख भन्दा बढी घाईते भएको घटनालाई स्मरण गर्दै सन् १९९८ देखि PAN (pesticide Action Network) International ले डिसेम्मवर ३ लाई विषादी प्रयोग मुक्त दिनका रुपमा विश्वव्यापी मनाउंदै आईरहेको छ ।
नेपालमा पनि रासायनिक विषादी प्रयोग बढ्दै गएपछि त्यसलाई न्यूनिकरण गर्ने अभियानका बाली संरक्षण निर्देशनालय लागि परेको छ । सोही अनुरुप किसानहरुले उत्पादन गरेको तरकारी बालीहरुमा अत्यधिक विषादी प्रयोग गरिएको समाचारहरु बाहिर आएपछि गत बर्षदेखि नै उपत्यकाको सवैभन्दा ठूलो तरकारी बजार कालीमाटी तथा फलफूल बजारमा विषादी विश्लेष्ण केन्द्र स्थापना गरिएपछि धेरै नै कमी आएको देखिन्छ ।
विदेशमा भन्दा नेपालमा विषादीको प्रयोग कम गरिएको भएपनि सहि प्रयोग नगर्नाले विषादी प्रयोग बढी देखिएको हो । विशेष गरी विषादी प्रयोग गरेपछि कुर्नु पर्ने अवधि ख्याल नगर्ने, बाली कटान समयमा विषादीको प्रयोग गर्ने, विक्री भन्दा अगाडि विषादी डुवाउने, विषादीको मात्रा बढाएर छर्ने, रोग किराको पहिचान विना विषादी छर्ने गरेकाले नेपालका समस्या बढी देखाएको समेत बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ८, २०७२