बिहिबार, बैशाख १३, २०८१

भैसी गर्भवती बनाएरै बार्षिक लाख

बैतडी ५, पुस । एउटा रांगा पालेर कति रकम कमाईला भन्ने सोध्यो भने १० हजार वा १५ हजार भन्लान् । हुन पनि अनुमान त्यही नै हो तर वैतडीमा व्यवसायिक रुपमा पालन गरिएको रांगाबाट श्रीकोट गाविसका मानसिंह विष्टले गाउंभरीका भैसी गर्भवती गराएवापत बार्षिक एक लाख कमाई गर्ने गरेका छन् ।
किसानको गोठमै लगेर भैँसी गर्भवती बनाएमा रु एक हजार पाँच सय र आफ्नै गाउँमा वा गोठमा ल्याए रु एक हजार लिने गरेको विष्टले बताए । वैशाखदेखि हालसम्म ६० वटा भैँसी राँगोबाट गर्भवती भइसकेकाका नै महिनाका अवधिमा भैसीलाई गर्भवती गराएर ६० हजार कमाईसकेका छन् ।
एक वर्षमा सयभन्दा बढी भैँसी गर्भवती हुने गरेका छन् । वर्षमा रु एक लाखदेखि रु एक लाख २० हजारसम्म राँगोबाट कमाइ हुन्छ । स्याहार, दानापानीका हिसावले राँगोपालन खर्चिलो भएपनि त्यसबाट नियमित आम्दानी हुने गरेको उहाँको भनाइ छ । गाउँघरमा निकै कम राँगो पाल्ने चलन भएपछि भैँसी गर्भवतीको लागि एकै ठाउँमा धेरै किसान भर पर्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति: आइतवार, पुस ५, २०७२