शुक्रबार, चैत्र १६, २०८०

खोटाङ्ग अलैँची उत्पादनमा वृद्धि

खोटाङ, २ पुस । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादनमा छ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ४५६ मेट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष ४८५ मेट्रिक टन पुगेको हो । गत वर्ष रु ८० करोडको अलैँची बिक्री गरिएको थियो । कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले गत वर्ष प्रतिहेक्टर ०.५० मनको दरले अलैँची उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर ०.५३ का दरले उत्पादन भएको जानकारी दिएका छन् ।
गत वर्ष प्रतिमन रु ८० हजारका दरले बिक्री भएको थियो भने यस वर्ष प्रतिमन रु ९५ हजारका दरले बिक्री भइरहेको छ । जिल्लामा उत्पादित अलैँचीले अहिलेसम्मकै बढी मूल्य पाएको किसानहरुले बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस २, २०७२