शुक्रबार, बैशाख ७, २०८१

२० करोड पुगे पशु बीमाको रकम

रुपन्देही, २९ मंसिर । जिल्ला पशु सेवा कार्यालयमा विगतको तुलनामा पशु बिमा गर्ने किसानको सङ्ख्या निकै बढेको पाइएको छ । गत वर्ष रु छ करोडको बिमा गरिएकोमा यस वर्ष रु २० करोड बराबरको बिमा गरिएको छ । यो बीमा रकमले जिल्लामा पशुपालन व्यवसायमा फड्को मारेसँगै पशु बिमा गर्नेहरू पनि सक्रिय बनेका छन् भन्ने कुराको पुष्टि गरेको छ ।

जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका वरिष्ठ पशु चिकित्सक डा गान्धिराज उपाध्यायका अनुसार बिमाका कारण पशु मरिहाले पनि किसान ठुलो मर्कामा नपर्ने भएकाले यसतर्फ किसानको आर्कषण निकै बढेर गएको हो । सरकारले पशु बिमागर्न आएमा किसानलाई बिमाङ्कको ७५ प्रतिशत रकम सरकारले अनुदान स्वरुप प्रदान गर्ने र २५ प्रतिशत मात्रै किसानले खर्च गर्नुपर्ने प्राबधानका कारण पशु बिमामा किसानको आकर्षण बढेको वरिष्ठ चिकित्सक उपाध्यायको भनाइ छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २९, २०७२