शुक्रबार, चैत्र १६, २०८०

धनगढीमा जैविक विषादी उत्पादन

धनगढी, २८ मंसिर । बाली संरक्षण निर्देशनालय विगतका बर्षहरुदेखि सञ्चालन गर्दै आईरहेको एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम आइपिएम यतिखेर लोकप्रिय बन्न थालेको छ । रासायनिक बिवादीलाई न्यूनकरण गर्दै लैजान यो कार्यक्रमले निकै नै सहयोग पुग्दै गईरहेको देखिन्छ ।
खाद्यबालीहरुमा बिषादीको प्रयोग न्यूनिकरण गर्नका लागि भन्दै कैलालीको अत्तरियामा रहेका कोपिला एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रम (आइपिएम) सामुदायिक स्रोत केन्द्रले आफ्र्न ठाउँमा जैविक विषादी उत्पादन गर्न थालेको छ ।
जैविक विषादी उत्पादन कार्यक्रममा आईपिएममा संलग्न झण्डै ७५ भन्दाबढी कृषक सहभागी रहेका थिए । कार्यक्रमका सहजकर्ता एवम् अगुवा किान राजकुमार जवराका अनुसार राष्ट्रिय आइपिएम कार्यक्रम र कृषि मन्त्रालय बाली संरक्षण निर्देशनालयको सहयोगमा केन्द्रमा रु १२ लाखको मेसिन जडान गरिएको छ । केन्द्रले खासगरी आलु, गोलभेँडा, काउली, भिन्डी, मुला, तोरीलगायतका बालीमा लाग्ने डढुवा रोगको सङ्क्रमण रोकथामका लागि प्रयोग गर्न सकिने जैविक विषादी उत्पादन गर्न थालेको हो ।

प्रकाशित मिति: सोमवार, मंसिर २८, २०७२