काठमाडौं । नयां मन्त्री आएपछि कार्यालय प्रमुख फेर्ने चलन नेपालमा नौलो होइन । त्यसैको सिको गर्दै अहिले कृषि मन्त्रालयका नयां मन्त्री आएपछि मन्त्रालयका केही उच्च कर्मचारीहरुको जिम्मेवारी फेरवदल गर्ने र मन्त्रालय मातहतमा सञ्चालनमा रहेकोे आयोजनाहरुका प्रमुखहरुलाई पनि फेरवदल गर्ने तयारी गरिएको छ बुझिएको छ । कृषि विकास मन्त्रालयको सवैभन्दा ठूलो आयोजनाका रुपमा चिनिएको व्यवसायिक कृषि तथा व्यापार आयोजनाका आयोजना निर्देशक डा. इन्द्रकान्ता झालाई पनि हटाउन लविङ्ग भईरहेको छ ।
पछिल्लो समयमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाका विरुद्ध अख्तियारमा धेरै उजुरी परेको र विवादमा पर्न थालेको निहुंमा झालाई परिवर्तन गर्न लागिएको उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार सो आयोजनाको आयोजना निर्देशकका रुपमा क्षेत्रीय कृषि निर्देशनालय पूर्वाञ्चलमा कार्यरत क्षेत्रीय निर्देशक तेजबहादुर सुवेदीलाई ल्याउन खोजिएको छ । त्यसैगरी नाडेफमा रहेका प्रमुख सुरेशबाबु तिवारीलाई पनि सो ठाउंबाट हटाएर कृषि विभागको महानिर्देशक बनाउने तयारी गरिएको भएपनि वर्तमान महानिर्देशक युवकध्वज जिसीलाई हटाउन नहनुे मन्त्रीका सल्लाहकारले सल्लाह दिएपछि पार्टी निकट मानिएका तिवारीलाई नीति तथा परराष्ट्र महाशाखामा ल्याउन खोजिएको छ । आयोजना निर्देशक फेरवदल गर्ने क्रममा हिमाली आयोजनाका आयोजना निर्देशक डा. अमरबहादुर शाह पनि पर्ने सम्भावना बढ्दै गएको छ ।
तर, तिवारी पदका लागि कुनै पनि नेता तथा मन्त्रीको दैलो नधाउने, चाडी नगर्ने व्यक्ति भएका कारण उनलाई सो ठाउमा लैजाने सम्भावना भने कम देखिएको छ । स्पष्ट बक्ताका रुपमा रहेका तिवारी एमाओवादी नजिकका सहसचिव भएको बताइता पनि पदका लागि कसैसंग नझुक्ने अडान लिने व्यक्तिका रुपमा उनी मन्त्रालयमा चिनिन्छन् । बरु एमाओवादी वैद्य निकट मानिएका माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गा दवाडीलाई व्यवसायिक कृषि तथा व्यापार आयोजना वा कृषि तथा खाद्य सुरक्षा आयोजनामा लैजाने र सो आयोजनाका श्याम पौडेललाई मन्त्रालयमा तानिन लागिएको बुझिएको छ ।
कृषिका आयोजनाका प्रमुख फेरवदल गर्ने तयारी

Add Comment