बुधबार, बैशाख ५, २०८१

समन्वय नै नगरी कृषिमा लगानी

काठमाडौं । एजुकेशन दि चिल्ड्रन (बालबालिकाका लागि शिक्षा) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जिविकोपार्जन सुधार भन्दै कृषि क्षेत्रमा पनि आफूलाई उभ्याएको छ । गरिव, तथा सिमान्तकृत बालबालिकाहरुको शिक्षाका लागि विदेशी दातृ निकायहरुले दिएको सहयोगमा गिद्दे नगर परेपछि सो संस्था यतिखेर करेसाबारी खेतीका नाममा शिक्षालाई छोडेर कृषिमा हात हाल्न पुगेको छ । etc-header
काठमाडौंको डिल्लीबजारमा केन्द्रिय कार्यलय स्थापना गरेर अहिले सिन्धुपाल्चोकमा करेसावारी विकास भन्दै लाखौं रुपैयां तलव भक्तामा नै सिध्याउन थालेका छन् । गरीव किसानहरुको नाम भजाएर कृषिमा लगानी गरिरहेको इटिसी नामक संस्थाका कार्यकारी निर्देशक  विसम प्रसाद महतो आफूहरुले जिवीकोपार्जन सुधार गर्न कृषिमा हात हालेको बताउंछन् । विदेशीको सहयोगमा सञ्चालन भएको कृषि परियोजना जिल्लामा किसानहरुसंग जोडिएर काम गरिरहेको भएपनि त्यसका लागि सो संस्थाले न त जिल्ला कृषि विकास कार्यालयसंग समन्वय गरेको देखिन्छ । न त कृषि विकास मन्त्रालयलाई जानकारी नै दिएको देखिन्छ । सो संस्थाका कार्यकारी निर्देशक भन्छन् लगानी हामीले गर्ने मन्त्रालयलाई किन सोध्नु प¥यो ? सरोकारवाला मन्त्रालयलाई जानकारी नै नदिई काम गर्ने यो संस्थामाथि मन्त्रालयले छानविन गर्दछ कि गर्दैन हेर्न वांकी नै छ ।

प्रकाशित मिति: आइतवार, मंसिर २७, २०७२