शुक्रबार, बैशाख ७, २०८१

किसानले मल पाएनन्  मन्त्रीज्यू !

काठमाडौं,२७ मंसिर । एमाओवादीको कोटामा परेर कृषि मन्त्री बनेका हरिबोल प्रसाद गजुरेलले आफ्नो पार्टी भित्रका दुइ चार जना मन्त्री र नेतालाई कार्वाही नगरेसम्म एमाओवादी नसुध्रने बताएका छन् । कास्कीका आयोजित एक कार्यक्रममा बोल्दै एमाओवादी विग्रिएकाले पार्टीलाई शल्यक्रिया गर्नु पर्ने उनले बताए । उनकै भनाई अनसुार पनि  किसानहरुले मल नपाउंदा मलको व्यवस्था नगर्ने कृषि मन्त्रीलाई  नै पार्टीले शल्य क्रिया  गर्नु पर्ला कि नपर्ला ? Haribo

कृषि मन्त्री गजुरेल जस्तो सुकै कार्यक्रममा पनि आफ्नो मन्त्रालयसँग सम्वन्धित कुरा भन्दा बढी पार्टीकै कुरा गर्न मन पराउने गर्दछन । त्यसैले त उनले आधा दर्जन भन्दा बढी सल्लाहकार सिंहदरबार भित्र राखेका छन्  तीन बर्षभित्र मुलुकलाई कृषि आत्मनिर्भर बनाउने प्रतिवद्धता कृषि विकास मन्त्रीले गरेको भएपनि यो बर्ष मुलुकले फेरि अबौंको गहुँ किन्नु पर्ने भएको छ । अनि नेपाली जनताले आत्मनिर्भर होइन परनिर्भर भएर गहुँको पीठोका लागि पनि भारततिर नै आत्मनिर्भर हुने संकेत देखिएको छ । गहुँ लगाउने मौसम सकिन लाग्यो तर किसानहरुले रासायनिक मल पाउन पाएनन् मन्त्रीज्यु ? यस्तो अवस्थामा किसानहरुले उत्पादन गर्ने कृषि उपजको उत्पादकत्व कसरी बृद्धि होला र हामी कृषिमा आत्मनिर्भर बन्न सकौला ! सिंहदरबार भित्र आधा दर्जन भन्दा बढी सल्लाहकार लिएर बस्नु भन्दा तिनै सल्लाहकारलाई मल खोज्न लगाएर किसानको दैलोमा पठाए आत्मनिर्भर बन्न केही मद्दत पुग्थ्यो कि ? किसानहरुले मल नपाउंदा अव कसलाई कार्वाही गर्ने मन्त्रीज्यु ?

प्रकाशित मिति: आइतवार, मंसिर २७, २०७२