शनिबार, बैशाख ८, २०८१

तराईमा रैथाने धानका जात हराउदै

महोत्तरी । परम्परागत रुपमा गरिने कृषिलाई विस्तारै न्यूनिकरण गर्ने नाममा विदेशबाट भित्रिएका हाईव्रिड बीउहरुका कारण तराईको धेरै जिल्लामा बीउका जातहरु हराउन थालेका छन् । यही क्रममा महोत्तरी जिल्लामा धानका रैथाने जातका बीउहरु पनि लोप हुन खतरा बढ्दै गएको छ । कृषि क्षेत्रमा परवर्षौँदेखि महोत्तरीमा उब्जनी र स्वादका हिसाबले अत्ति उत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् । rice
जिल्लाबाट हरिनकेर, तन्गी, गोला, नाजिर, कमलखोर, कमलकाँटी, गोखुलसार, साहमर्दन, मालभोग, बच्ची, जसवा, बाहरनी, मन्सरी प्रजातिका रैथाने धान हराएका छन् । अहिले जिल्लामा उन्नत् जातका नयाँनयाँ प्रजाति आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको किसानको भनाइ छ ।
स्वाद, सुगन्ध र रङ्गका कारण कुनै बेला सौख र सम्पन्नताको प्रतीक मानिने करियाकामत धानसमेत अहिले लोपोन्मुख अवस्थामा रहेको छ । तर रैथाने मध्येकै बासमती धानले अहिले पनि अस्तित्व बचाएकै छ ।
रैथाने धान हराउँदै गएपछि गाईवस्तुलाई खुवाउन पराल, परम्परागत रुपमा परालले तयार पारिने गुन्द्री (चटाई) र पिर्का तथा छाना छाउने कामसमेत प्रभावित भएको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २२, २०७२