बिहिबार, बैशाख १३, २०८१

खाद्य प्रविधिमा पनि आर्थिक खेल

काठमाडौं, २० मंसिर । कृषि विकास मन्त्रालय मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अहिले आर्थिक अनियमितताको विवादमा तानिन लागेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई गुणस्तरहीन खाद्य सामग्री विक्री गर्नेहरुलाई कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालय सिफारिस गर्ने बाहेक केही पनि अधिकार छैन । उपभोक्ताहरुलाई विक्री गरिएका उपभोग्य सामग्री गुणस्तरीय छ कि छैन भन्ने कुराको चेकजांच गर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएको छ । यद्यपी गुणस्तर जांच पछि कतिपय बस्तुहरुमा समस्या भेटिने गरेको
भएपनि त्यसलाई सार्वजनिक नगरी व्यापारीहरुसंग मिलेमतोमा अवैध खेल खेली आर्थिक अनियमितता हुन थालेको आरोप लाग्न थालेको छ । हेर्दा कसैको आंखामा नपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य सुरक्षा सम्वन्धि जानकारी गराउनेका लागि विनियोजित बजेटमा लाई सहि किसिमले प्रयोग नगरी दुरुपयोग गरिन थालेपछि कर्मचारी बृत्तमा नै चर्चा चल्न थालेको छ ।
विभागले केही साता अगाडि सञ्चारकर्मीहरुलाई प्रशिक्षण गराउने नाममा विषयगतमा काम गर्नेहरुलाई प्रशिक्षण दिने भन्दा पनि विनियोजित रकम सिध्याउने काम मात्र गरेको कर्मचारी मात्र होइन सञ्चारकर्मीहरु वीच नै चर्चा चलेको छ । प्रशिक्षण कार्यक्रम पनि ठेक्कपट्टामा नै चल्ने रहेछ । एक राष्ट्रिय सञ्चार माध्यममा कार्यरत पत्रकारले कृषिलाई बताए । कृषि विकास मन्त्रालय मातहतका कार्यालयले सञ्चालन गरेको सो प्रशिक्षणमा कृषि बीटमा काम गर्ने पत्रकारहरु र कृषि पत्रकारितामा सक्रिय पत्रकारहरुलाई नसमेटेकोमा उनले दुखेसो समेत गरे ।

प्रकाशित मिति: आइतवार, मंसिर २०, २०७२