शुक्रबार, चैत्र १६, २०८०

चितवनमा माटो दिवस मनाइयो

चितवन, १९ मंसिर । माटो : जीवनको मूल आधा र भन्ने मुल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय माटो दिवस जिल्ला कृषि विकास कार्यालय चितवनले सम्पन्न गरेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका कृषि प्रसार अधिकृत गौतमले किसानहरुलाई कार्यालयले उपलब्ध गराउंदै आइृरहेको सेवाको बारेमा जनाकारी गराएका थिए । सोही कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा रहेका जिल्ला कृषि विकास कार्यालयका वाली विकास अधिकृत सुदिप रेग्मीले माटो, माटोको नमुना परिक्षण यसको फाईदा, माटो सुधारका लागि गड्यौली मल उत्पादन, भकारो सुधार, हरियो मल उत्पादन प्रक्रिया, भिरालो जग्गामा रुख संगै कृषि खेती गर्ने प्रविधि, नेपालमा प्रागांरिक खेती यसको फाईदा र नेपाल सरकारले यसमा गरेमा प्रयास लगाएतका वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्लामा रहेका कृषि क्षेत्रको विकासका लागि काम गरिरहेका विभिन्न सरोकारवाला संघसंस्थाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर १९, २०७२