शनिबार, बैशाख ८, २०८१

महेन्द्रनगरमा चिनी मिल शुरु

महेन्द्रनगर,१८ । उखु किसानहरुले आफूले उत्पादन गरेको उखुको उचित मूल्य नपाईरहेको भनिरहेका बेला सुदूरपश्चिम मा अर्को एउटा चिनी उद्योग सञ्चालन शुरु भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिकामा रु दुई अर्ब ५० करोडको लागतमा चिनी मिल सञ्चालनमा ल्याएका हुन् । जिल्लाको पुनर्वास नगरपालिका–१३ मोतीबस्तीमा स्थापना भएको भागेश्वर सुगर मिलले बिहीबारदेखि काम सुरु गरेको छ । चिनी मिल सञ्चालक शंकर बोगटीले मिलले उखु पेल्न सुरु गरेको छ बताएका छन् । एक दिनमा २० हजार क्विन्टल चिनी उत्पादनको क्षमता रहेको मिलमा ७०० मजदुरले रोजगारी पाउने बोगटीको भनाइ छ ।
महेन्द्रनगरको उखु उत्पादनको केन्द्र मानिएको दक्षिणी क्षेत्रमा केही वर्षअघि पनि महाकाली सुगर मिल स्थापना भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १८, २०७२