शुक्रबार, बैशाख ७, २०८१

मोरङ्गमा गहुँको बीउ अभाव

मोरङ, १७ मंसिर । गहुँ लगाउने ‘पिक सिजन’ सकिनलाग्दा पनि अझै किसानले गहुँको बीउ पाउन सकेका छैनन् । गहुँ छर्न ढिलाइ भइरहेको भन्दै बीउ खरिद गर्न थोक बिक्रेताकामा किसानको ओइरो लाग्ने गरेको छ । तर डिलरले गहुँको बीउ नभएको भन्दै किसानलाई रित्तो हात फर्काउने गरेका छन् । सरकारले पर्याप्त अनुदानको गहुँको बीउ उपलब्ध नगराउँदा र निजी कम्पनीका बीउ बजारमा आपूर्ति नहुँदा पूर्वाञ्चलमा बीउको अभाव भएको हो ।
सरकारले राष्ट्रिय बीउबिजन कम्पनीले उत्पादन गरेको उन्नत जातको बीउ किसानलाई कोटाका आधारमा अनुदानमा वितरण गर्ने गरेको छ । पहिले साल्ट ट्रेडिङ कम्पनीले पनि बीउ वितरण गर्ने गर्दथ्यो । तर यो पाली राष्ट्रिय बीउबिजन कम्पनीले मात्र बीउबितरण गरिहेको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर १७, २०७२