शनिबार, बैशाख ८, २०८१

जनकपुरमा धान उत्पादन घटयो

जनकपुर, १७ मंसिर । पर्याप्त वर्षा नहुनु, रासायनिक मलको आभाव, रोग कीराको प्रकोप तथा कमला सिँचाइ आयोजनाले पर्याप्त मात्रामा पानी नछाडेको कारण गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा कमी आएको हो । धनुषामा यस वर्ष धान उत्पादनमा ३० प्रतिशतले कमी आएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार चालु आव २०७२÷७३ मा ५६ हजार ३९० हेक्टर क्षेत्रफलमा धान खेती गरेकामा एक लाख ४३ हजार ६५३ मेट्रिक टन मात्र उत्पादन भएको छ । आव २०७०÷७१ मा किसानले ६२ हजार २०० हेक्टर क्षेत्रफलमा धान खेती गरेको मा दुई लाख १६ हजार १४४ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्षभन्दा यसवर्ष करिब रु एक अर्ब ३० करोड ४८ लाख ३८ हजारको ७२ हजार ४६१ मेट्रिक टन कम धान उत्पादन भएको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर १७, २०७२