शनिबार, बैशाख ८, २०८१

किसानका पक्षमा वकालत गर्न आग्रह

काठमाडौँ, १५ मंसिर । कृषि क्षेत्रमा ६८ प्रतिशत जनता प्रत्यक्ष रुपमा संलग्न संलग्न रही जिवीकोपार्जन गरिरहेकाले किसानहरुको पक्षमा वकालत गर्न पत्रकारहरुलाई उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आग्रह गरेका छन् । कृषिको उत्पादकत्व सुधार र किसानको कल्याणमा आम सञ्चारकर्मीको भूमिका विषयमा शुरु भएको तीन दिने गोष्ठीको उद्घाटन गर्ने क्रममा मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।
कूल ग्रार्हस्थ उत्पादनमा ३१ प्रतिशत योगदान कृषि क्षेत्रले दिएको बताउँदै मन्त्री पाण्डेले कृषि क्षेत्रको विकास विना मुलुकको विकास हुन नसक्ने समेत बताए ।
सो कार्यक्रममा उद्योग सचिव जयमुकुन्द खनालले कृषि क्षेत्रको विकास गर्नका लागि आमसञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलिरहेको बताउंदै कृषि सञ्चार माध्यमहरुलाई प्राथमिकतामा नपारेको दुख व्यक्त गरेका थिए । सचिव खनालले कृषि सञ्चार क्षेत्रलाई बलियो बनाउनु पर्ने भन्दै अध्यधिक चुनौतिका बाबजुत कृषि प्रसारका क्षेत्रमा सचार माध्यमहरुले आफ्नो भूमिका निर्वाह गर्दै आईरहेको समेत बताए ।
साही कार्यक्रममा जापान कृषि उत्पादकत्व सङ्गठनका निर्देशक गोसिल्टो फर्नान्डोले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिको उत्पादकत्व दर बढाउँदै लैजानुपर्ने बताए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १५, २०७२