बुधबार, बैशाख १२, २०८१

एक खर्बको पशुपंक्षीका औषधी सीमा मै थन्कियो

काठमाडौं । भारतले गरेको अघोषित नाकावन्दी र तराईकेन्द्रित राजनीतिक दलहरुले नेपाल भारत सीमामा गरेको आन्दोलनका कारण करीव ४ महिनादेखि भारतको बाटो भएर आउने कृषि जन्य बस्तुहरु रक्सौलको बन्दरगाहमा नै अड्किएको छ । जसका कारण नेपालको कृषि क्षेत्रको विकासमा ठूलो धक्का परेको छ । गहुं छर्ने मौसम भएका कारण यतिखेर मुलुकभर रासायनिक मलको अभाव खड्किएको छ । animal medicine
किसानहरु रासायनिक मलको अभावका कारण गहुं छर्ने कि नछर्ने दोधारमा परेका छन् । यसले गर्दा आगामी बर्ष गहुं उत्पादन अत्यधिक घट्ने देखिएको छ । कृषि विकास मन्त्रालयको सभाकक्षमा बसेर तीनबर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने योजना बुनिरहेका वर्तमान मन्त्री, सचिव देखि पूर्व मन्त्री सचिवसम्मले नाकावन्दीका कारण किसानहरुले खेप्नु परेको कष्टका बारेमा सम्वोधन गर्न नसक्नुलाई कृषि विज्ञहरुले मन्त्रालय किसानहरुको पीडामा मलम लगाउने पक्षमा नदेखिएको धारणा व्यक्त गरेका छन् । शुक्रबार कृषि मन्त्रालयमा करीव पांच घण्टा लामो समयसम्म कृषिका योजना बनाईरहंदा अघोषित नाकावन्दीका कारण कृषि व्यवसायमा संलग्न किसानहरुको करौडांको कृषि जन्य बस्तुहरु नाकाबाट छुटाउने विषयमा छलफल नहुनु, किसानहरका लागि तत्कालै आवश्यक रहेको रासायनिक मल भित्र्याउन तर्फ पहल नगर्नु दुखद् कुरा हो ।
नाकावन्दी कारण रासायनिक मल मात्र होइन कृषि औजारहरु, बीउ तथा अन्य कृषि सामग्रीहरु पनि बन्दरगाहमा थन्किएका कारण कृषि व्यवसाय नै धरापमा पर्ने संकेत देखिएको छ । कृषि क्षेत्रका लागि आवश्यक पर्ने धेरै बस्तुहरु विभिन्न देशबाट आयात गरिएको भएपनि ती सम्पूर्ण सामग्रीहरु नाका मै थन्किएर बसेका छन् ।
विगत तीन महिनाभन्दा लामोसमयदेखि मधेशी दलले गरेको आन्दोलन र भारतले गरेको नाकावन्दीको अप्रत्यक्ष रुपमा सवैभन्दा ठूलो घाटा कृषि क्षेत्रमा परेको छ । नाकावन्दीका कारण थोंपा सिंचाई का लागि आवश्यक सामग्रीतीन महिनादेखि थन्किएर बसेका कारण व्यवसाय नै छोड्नु पर्ने अवस्था आईसकेको सलोम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारी बताउंछन् । व्यवसायिक कृषिका लागि सिंचाई अभाव भएका ठाउंमा थोरै पानीबाट धेरै सिंचाई गर्नका लागि थोपा सिंचाई प्रविधि तर्फ किसानहरु आकर्षित
छन् । त्यसका लागि आवश्यक
सामग्री किसानहरुले माग गरेको समयमा पु¥याउन नसक्दा आफ्नो लगानी डुबेको अधिकारीको भनाई छ । अधिकारी जस्तै बीउ, मल तथा अन्य औजार आयात गर्ने व्यवसायीहरुको अवस्था पनि नाजुक बन्दै गईरहेको छ ।
त्यस्तै व्यवसायिक रुपमा गाईपालन गरिरहेका किसान, पोल्ट्री व्यवसायमा संलग्न रहेका व्यवसायिक किसानहरुको अवस्था पनि विग्रदं गएको चितवनका गाईपालन गरीरहेको किसान कृष्ण भण्डारी बताउछन् । गाई तथा कुखुरालाई ख्वाउनका लागि आवश्यक दाना, औषधी लगायतका कुराहरुको अभावका कारण किसानहरु अत्यन्तै पीडादायी अवस्थामा रहेका छन् । नाकावन्दीका कारण अरु विषयमा जति चर्चा र बहश हुने गरेको त त्यत्ति चर्चा र बहशको विषय कृषि क्षेत्रको बन्न सकिरहेको देखिंदैन । मानवका लागि आवश्यक औषधी अभाका कारण मुलुकभरका अस्पतालहरुका बन्द गर्नु पर्ने अवस्था आए जस्तै पशु पंक्षीका लागि आवश्यक पौष्टिक तत्व र औषधीहरु अभाव हुन थालिसकेका छन् । विरामी परेका पशुहरुको स्वास्थ्य उपचारमा समस्या पर्दै गईरहेको पशु चिकित्सा सेवामा लागि रहेको पशु चिकित्सकहरुको भनाई रहेको छ ।

नेपाल पशुपंक्षी औषधी व्यवसायी महासंघका महासचिव चित्र गुरुङ्गका अनुसार नाकावन्दीका कारण वीरगञ्ज भन्सार नाकामा एक खर्वभन्दा बढीको पशुपंक्षकिा लागि आयात गरिएको औषधीहरु भित्र्याउन नसकिएको उनको दुखेसो छ । कृषि विकास मन्त्रालयमा जानकारी गराउंदा त्यसप्रति खासै चासो नदिएको उनले आरोप समेत लगाएका छन् । पशुपंक्षीका लागि आवशयक पर्ने औषधीहरु सवैभन्दा धेरै भारतबाट आयात गरिने समेत उनले बताए । पशुपंक्षीका औषधी भारत बाहेक, थाईल्याण्ड, चीन, वंगलादेश, जोर्डन, ताईवान लगायतका देशहरुबाट भित्र्याउने गरिन्छ । ती देशबाट नेपाल आयात गरिएका सम्पूर्ण औषधीहरु रक्सौला नाकामा थन्किएकाले औषधी व्यवसायीहरु पनि अहिले जोखिममा रहेका छन् । नाकावन्दी कै कारण मुलुकभर पशुपंक्षीका लागि आवश्यक औषधीहरु अभाव हुन थालेको महासंघका महासचिव गुङ्गगको भनाई रहेको छ । – हिमा पौडेल ‘स्वस्ती’

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०७२