बिहिबार, बैशाख १३, २०८१

चौँरीपालनको आकर्षण घट्दै

मुस्ताङ, ११ मंसिर । तीन हजार मिटरदेखि माथिको क्षेत्रमा गरिने चौँरीपालन व्यवसाय परम्परागत हुँदा यसप्रति किसानको आकर्षण बढ्न सकेको छैन । जसका कारण मुस्ताङमा चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएको छ । जिल्लाको कोबाङ, मुक्तिनाथ, छोसेर, लोमान्थाङ, झोङ, छोण्हुपलगायतका चौँरीपालनका पकेट क्षेत्र मासिनने भए पनि पछिल्ला वर्षमा त्यस क्षेत्रमा चौँरी र चौँरीपालक किसानको सङ्ख्या घट्दै गएको छ ।
उच्च क्षेत्रमा पाल्नुपर्ने र हिउँदको छ महिना सदावहार हिउँ जमिरहने हुनाले जिल्लामा चौँरीपालन व्यवसाय सङ्कटमा पर्दैै गएको पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक नन्दलाल वर्माले बताएका छन् । कोबाङ र लेते क्षेत्रको तल्लो स्थानमा हिउँ कम पर्ने भएकाले त्यहाँका किसानलाई केही सजिलो भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०७२