शुक्रबार, चैत्र १६, २०८०

भारतीय नाकाबन्दीले उदयपुरका अदुवा कृषक चिन्तित

उदयपुर, ८ मंसिर   । तीन महिनादेखिको निरन्तर भारतको नाकाबन्दीको कारण अदुवा कृषक चिन्तित बनेका छन् । नाकाबन्दीको कारण ईन्धनअभाबको भएकाले तयारी अवस्थाको अदुवा ढुवानीमा समस्या आउने भएपछि अदुवा कृषक निराश बनेका हुन ।
नाकाबन्दी मधेसमा जारी आन्दोलनका कारण पाकेको अदुवा खरिद गर्न गाँउमा कुनै पनि व्यापारी नपुगेपछि कृषको अदुवा बिक्रि हुने कुनै संकेत देखिएको छैन । जिल्लाको उत्तरी पहाडी गाविसमा पर्ने हर्देनी, मायाँखु, लेखानी, सिरिसे लगायतका क्षेत्रमा व्यवसायिक अदुवा खेती गर्ने कृषक चिन्तित बनेका हुन । हर्देनीका कृषक लोकमणी कटुवालले नाकाबन्दीको कारण पेट्रोल अवाभका कारण कुनै पनि अदुवा व्यापारी गाँउ नआएको बातए । उनका अनुसार असोजको दोस्रो हप्तादेखि गाँउमा अदुवा व्यापारी आउने गरेका थिए ।Aduwawawa
नाकाबन्दीको कारण अदुवा व्यापारी नआएपछि अदुवाको मुल्यमा समेत गिरावट आउने संकेत देखिएको छ । फेरि कटुवालले दोहो¥याउँदै भने ‘नाकाबन्दीको कारण भारतीय व्यापारीहरु आउने अवस्था छैन, त्यसकारण गएको वर्षभन्दा अति न्युन मूल्यमा अदुवा बिक्रि हुने अवस्था छ । तीन वर्ष अगाडी प्रतिकिलो तीनसयमा रुपैँयासम्म भएको अदुवाको मूल्य गत वर्ष ६०÷७० मात्र कृषकले पाएका थिए । यस वर्ष मधेस आन्दोलन र नाकाबन्दीको कारण गत वर्षभन्दा कम हुने निश्चित जस्तै भएको अगुवा कृषकहरुको भनाई छ ।
उदयपुरमा जिल्ला कृषि विकास कार्यालयको उदयपुरको अनुसार ११० हेक्टर क्षेत्रफलमा १६७२ मेट्रिकटन अदुवा उत्पादन हुँदै आएको छ । उदयपुरको अदुवाले गाईघाट, कटारी, सिरहा, विराटनगर लगायत देशका विभिन्न सहर हुँदै भारतीयबजारबाट मलेसिया, भुटान, बंगालादेशसम्म पुग्ने गरेको अदुवा व्यापारी अजुर्न राउतले बताए । राउतले भारती व्यापारीले गएको वर्ष भारतभन्दा तेश्र्रो मुलुम भुटान लगायतमा खरिदको लागी प्रतिबन्द लगाउँदा मूल्यमा गिरावट आएको समेत बताए .बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: मङ्लबार, मंसिर ८, २०७२