शुक्रबार, चैत्र १६, २०८०

सिराहामा धान उत्पादन घट्यो

सिराहा ८ मंसिर । समयमा वर्षा नभएको तथा रोगकीराको प्रकोप बढेकाले सिरहा जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आएको छ ।
गत वर्षको तुलनामा यसवर्ष ३६ हजार ४२० मेट्रिक टन धान कम उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गत वर्ष जिल्लामा दुई लाख १८ हजार ५२० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष एक लाख ८२ हजार १०० मेट्रिक टन मात्र उत्पादन भएको छ । जिल्लामा कुल ६० हजार ७०० हेक्टर क्षेत्रफल रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ८, २०७२