शुक्रबार, चैत्र १६, २०८०

पर्वतमा पहिलो पटक अनारखेती

पर्वत, ७ मंसिर । पर्वत जिल्लामा बढ्दो कृषिलाई व्यवसायिक रुपम लैजानका लागि पूर्वी जिल्ला रामेछापबाट प्रति विरुवा रु.१०० मा खरिद गरेर आफ्नो बारीमा मुडिकुवा गाविस अम्बोटका अशोस कुँवरले आफ्नो बारीमा अनार खेती शुरु गरी पर्वत जिल्लामा पहिलो नमूना कृषि गरेका छन्।
विगतमा कोदो रोप्दा १५ मुरी मात्र फल्ने गरेको बारीमा अनारका विरुवा रोपेको उनले बताए । थप विरुवा लगाउनका लागि छट्टै नर्सरी समेत तयार गरिएको उनले बताए । शिक्षण पेशामा लागेका कुंवरले बचेको समयलाई सदुपयोग गर्दै अनाखेती गर्दै अरुलाई समेत फलफूल मा आकर्षण गर्न खोजेको बताए ।

प्रकाशित मिति: सोमवार, मंसिर ७, २०७२