शुक्रबार, चैत्र १६, २०८०

खेत जोत्न नपाउँदा किसान चिन्तित

मोरङ, ७ मंसिर । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको तीन महिनाभन्दा बढीको बन्द तथा भारतको अघोषित नाकाबन्दीले इन्धन सहज उपलब्ध हुन नसक्दा किसानले खेत जोत्न नपाएपछि चिन्तित भएका हुन् । सहज रूपमा इन्धन नपाउँदा पूर्वी मोरङका बहुसङ्ख्यक किसानले खेत जोत्न नपाउँदा चिन्तित भएका छन् ।
ग्रामीण भेगमा रहेका काम गर्ने बहुसङ्ख्यक युवा विदेशिएकाले घरमा रहेका किसानले जोत्ने गोरुको विकल्पका रूपमा ट्र्याक्टर प्रयोग गर्दै आएका थिए । कात्तिक पहिलो हप्तामै धान उठाइसकेका पूर्वी मोरङका कृषकले यतिखेर बाली लगाएर खेत हरियाली बनाइसक्नुपर्ने हो । तर इन्धन अभावमा खेत जोत्न नपाएपछि चिन्ताले पिरोलिएका हुन् ।

प्रकाशित मिति: सोमवार, मंसिर ७, २०७२