शुक्रबार, चैत्र १६, २०८०

कास्कीमा मल अभाव बढ्यो

कास्की, ४ मङ्सिर । दुई महिना भन्दा लामो भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनको कारण कास्की जिल्लामा रासायनिक मलको चर्को अभाव भएको छ ।
रासायनिक मल वितरण गर्ने सरकारको आधिकारीक संस्था कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाम विगत एक महिनादेखि रित्तै रहेको छ ।
भदौमा स्कर्टिङ गरेर वीरगन्जबाट सय मेट्रिक टन युरिया मल ल्याएर सबै सहकारी संस्थालाई वितरण गरेपनि त्यसपछि रासायनिक मल ल्याउन नसकिएको कार्यालयले जनाएको छ ।
शाखाको गोदाममा गत कात्तिक १० गतेदेखि डिएपी र २२ गतेदेखि पोटास मल सकिएको थियो । मलको अभाव भएपछि यस वर्षको हिउँदे खेती गहुँ, तोरी, आलु तथा तरकारीको उत्पादन घट्ने निश्चित भएको छ ।
कृषकहरू दिनहुँजसो कम्पनीका डिलरमा मल पाइन्छ की भनेर धाउने गर्दछन् र मल नपाएपछि निराश हुँदै घर फर्कने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०७२