बिहिबार, बैशाख १३, २०८१

केराको व्यापारबाट कृषक सन्तुष्ट

उदयपुर, ३ मंसीर । जिल्लाका कृषक यस पटकको तिहार तथा छठ पर्वमा केराको व्यापारबाट मनग्य आम्दानी भएका कारण खुसी भएका छन् ।
उत्पादित केराले बन्दका कारण उचित बजार नपाएको बेला तिहार र छठ पर्वमा पर्याप्त बिक्री भएको कारण सन्तुष्टि मिलेको जिल्लाको हँडियाका व्यापारीहरुले बताए तिहार र छठमा केरा बिक्रीबाट मनग्य आम्दानी भएको उनीहरु बताउँछन् ।
जिल्लाको पूर्वी क्षेत्रको हँडिया, जोगिदह, सुन्दपुर, रामपुर गाविससहित तपेस्वरी क्षेत्रमा बढी केरा उत्पादन हुन्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस क्षेत्रमा जिल्लाको कुल उत्पादनको ७५ प्रतिशत केरा उत्पादन हुने गर्छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर ३, २०७२