शनिबार, बैशाख ८, २०८१

माछापालनमा अनुदान वृद्धि

चितवन, २ मङ्सिर । चितवन जिल्लामा माछापालन विस्तारका लागि दिइने अनुदान यसवर्ष वृद्धि भएको छ ।
जिल्लामा अघिल्लो वर्ष प्रतिहेक्टर माछापालन विस्तार गर्दा सरकारबाट रु एक लाख अनुदान दिने गरिएकामा यसवर्ष उक्त अनुदानलाई बढाएर रु तीन लाख पु¥याइएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिए ।
उनका अनुसार अहिले क्षेत्र विस्तारका लागि किसानले निवेदन दिन थालिसकेका छन् । चितवनसँगै नेपालका १२ वटा जिल्लामा एकहजार २०० हेक्टर क्षेत्र विस्तारका लागि माछापालनमा प्रतिहेक्टर रु तीनलाखका दरले अनुदान दिने गरिएको छ ।
कार्यालयले दिएको जानकारीअनुसार अहिले चितवन माछापालनमा आत्मनिर्भर भई अन्य जिल्लामा समेत माछा पु¥याउँदै आएको छ ।
अघिल्लो दुई वर्षमा जिल्लामा करिब २०० हेक्टर क्षेत्रफलमा माछापालन विस्तार भएको थियो । यो वर्ष १०० हेक्टरमा माछापालन विस्तार गर्ने योजना कृषि कार्यालयको छ ।
अनुदान बढाइएपछि जिल्लामा माछापालन विस्तारका लागि किसान आकर्षित भएका छन् । जिल्लामा अघिल्लो वर्षको तथ्याङ्कअनुसार ४०० हेक्टरमा माछापालन हुँदै आएको छ ।
एक हजार किसान माछापालनमा सक्रिय छन् । जिल्लामा एक हजार ८५० पोखरी छन् भने ५७ वटा सहकारी एवम् समूह माछापालनमा सक्रिय छन् ।
जिल्लामा अहिले वार्षिक एक हजार ५०० मेट्रिक टन माछा उत्पादन हुँदैआएको कार्यालयले जनाएको छ । जिल्लामा प्रतिहेक्टर करिब साढे तीन मेट्रिक टन माछा उत्पादन हुने गरेको तथ्याङ्क छ ।
माछाको बजार प्रवद्र्धनका लागि सरकारले कदम चाल्नुपर्ने र भारतीय माछाको आयात रोक्नुपर्नेमा माछापालक किसानले जोड दिएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०७२